अर्जेन्टिना र बार्सिलोनाका फुटबल स्ट्राइकर लियोनल मेसीलाई ट्याक्स छली अभियोगमा २१ महिनाको जेल सजाय सुनाइएको स्पेनिस मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मेसी र आर्थिक मामिला सम्हाल्दै आएका उनका पितालाई सन् २००७–२००९ को बीचमा स्पेनमा ४५ लाख डलर कर छलेको अभियोग छ । उनले ट्याक्स लुकाउन बेलिज र उरुग्वेको समेत सहारा लिएको बताइएको छ ।
स्पेनको कानुनमा दुई वर्षभन्दा कम जेल सजाय भएका अभियुक्तले कारागारमा बस्नुपर्दैन । उनीहरु प्रशासनको निगरानीमा जेल भुक्तान गर्न सक्छन् ।