योजनाको रकम भुक्तानी लिने सम्बन्धी अत्यन्त जरुरी सूचना

Avatar photo
Dhadingpost
सोमवार, असार २०, २०७३

ddc
जिल्ला विकास समितिको कार्यालयसँग आर्थिक वर्ष २०७२/७३ को स्वीकृत कार्यक्रम अनुसार यसै आ.ब. भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएका योजनाहरुको भुक्तानी लिन सम्पन्न कार्यको नापजाँच गरी कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ता समितिको निर्णय, नगरपालिका/ गाविसको सिफारीस, सार्वजनिक लेखा परीक्षणको प्रतिवेदन र भए/गरेका कार्यको फोटो तथा वील भपाईहरु पेश गरी मिति २०७३ असार २५ गते भित्र भुक्तानी लिनुहुन सम्बन्धित सवैको जानकारी लागि यो सूचना प्रकाशन/प्रशारण गरिएको छ । अन्यथा सम्पन्न कार्यको भुक्तानी नभएमा कार्यालय जवाफदेही नहुने व्यहोरा समेत जानकारी गराईन्छ ।

स्थानीय विकास अधिकारी
जिविसको कार्यालय, धादिङ