मुरि नै फल्ला त मन्त्री ज्यू ? हरि ,हरि

Avatar photo
Dhadingpost
बिहिबार, असार १६, २०७३

धादिङ असार १६

Hari parajuli Farming Minister's Public $exual Harre$ment 2पूर्व कृषिमन्त्री हरि पराजुली अघिल्लो वर्ष असार १५ गते धान दिवस मनाउन खेतमै पुगे, धान रोपे र हिलेजात्रा मनाए। धान रोप्दारोप्दै उनले खेतमा एक महिलामाथि जुन हर्कत देखाए, त्यसले पराजुलीको सार्वजनिक बेइज्जती मात्र गरेन, मन्त्री पद नै गुमाउनुपर्‍यो। hqdefault

जोशमा होस गुमाउँदा भएको त्यस घटनाबाट अहिलेका कृषिमन्त्री कतिसम्म डराएका रहेछन् भने विवादमा आउने डरले उनले बुधबार हिलो नै छोएनन्।
मन्त्री हरिबोल गजुरेल बुधबार आफ्नै मन्त्रालयले तय गरेको राष्ट्रिय धान दिवसु को रोपाइँ कार्यक्रममा समेत गएनन्।

त्यसैले उनले धान दिवस मनाउन एउटा जुक्ति फुराए। गमलामा करुवाले पानी हाले, माटो हिल्याए र गमलामा धान रोप्ने। अहिलेका कृषिमन्त्रीको हर्कत झन् यति डरलाग्दो देखियो कि मानौं, देशबाट कृषि पेसा विस्थापित भइसक्यो, कोही किसानले अब रोपाइँ गर्दैनन्। अनि रोपाइँको संस्कृति पनि नासिइसक्यो। त्यसैले आउँदा पुस्तालाई कृषि संस्कृतिको नासो बुझाउन उनले प्रतीकात्मक रुपमै भए पनि गमलामा धान रोपेका हुन्krishi_mantri

कृषिप्रधान देशका आम किसानकै मानमर्दन हुने गरी कृषि मन्त्री आफैंले धान दिवसलाई जोकु बनाए, गमलामा धान रोपेर। किसानलाई आक्रोशित तुल्याए।
बुधबार कृषि अनुसन्धान परिषद नार्क र कृषि विभागले दुई ठाउँमा धान रोपाइँ कार्यक्रम आयोजना गरेका थिए। मन्त्री गजुरेल गएका भए त्यहाँ प्रमुख अतिथि हैसियत पाउँथे। किसान पनि मन्त्रीको साथ पाएर खुसी हुन्थे। ती दुवै कार्यक्रममा उनी सहभागी भएनन्। बरु नार्कको सभाहलमा रातो कार्पेटमा राखिएको गमला मा धान रोपे।
उनले गमलामा धान रोपिरहेको तस्बिर जब समाचार माध्यम र सामाजिक सञ्जालमा फैलियो, आलोचनाको हिलोले पो उनी लछप्पै भए।
सरकारले बजेट भाषणमार्फत दुई वर्षभित्र धानमा आत्मनिर्भर बन्ने घोषणा गरिरहेको अवस्थामा कृषिमन्त्री किसानकै खेत पुगेर उत्साहित गर्नुपर्नेमा हिलोमै नटेक्नु अनौठो घटना हो।ललितपुरको एक सहकारीले मन्त्री गजुरेलको प्रमुख आतिथ्यमा धान दिवस मनाउने उल्लेखै गरेर निम्ता बाँडेको थियो। मन्त्री आउने प्रतीक्षामा रहेका स्थानीय निराश भए।खेती बाँझै राख्नेलाई जरिवाना तिराउने कार्यविधि बनाउने मन्त्रालयको नेतृत्व गरेका कृषिमन्त्री गजुरेलले खेतमै टेक्न डराएर हास्यास्पद व्यवहार देखाएको भन्दै आलोचना भयो।tumblr_inline_mp5i1freeB1qz4rgp

गत वर्षको घटनाको बहानामा कृषिमन्त्रीले किसानलाई हेला गरेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले जनाए। ुकिसानलाई उत्साह, उमंग भर्नुपर्नेमा मन्त्री नै सहभागी नभई गमलामा धान रोप्नु हास्यास्पद हो, अधिकारीले भने, जनताको माझमा खेतीपातीमा जानुपर्थ्यो। किसानको सम्मानका लागि पेन्सन दिने अभियानमा लागेका मन्त्री नै खेतमा नजाँदा गलत सन्देश गयो।मन्त्री गजुरेलले गत वर्षकै घटनाबाट त्रस्त भएर धान रोप्न किसानको खेतमा नगएको स्विकारे। पोहोर मन्त्रीज्यू जाँदा एउटा स्थिति सिर्जना भयो, मन्त्री गजुरेलले नागरिकसँग भने, औपचारिकताले मात्र नहुने भएकाले त्यति प्राथमिकता दिएनौं।
विगतमा धान निर्यात भइरहेको अवस्थामा अहिले अर्बौंको धान आयात गर्नुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्ने योजनासहित खेतमा गएर धान रोप्नु सार्थक हुने उनले बताए। मन्त्रीरनेता खेतमा जान्छन्, धान रोपेर रमाइलो गर्छन् भन्ने गलत सन्देश गएको छ, उनले भने, ुधान उत्पादन बढाउने गरी जनतामा सकारात्मक प्रभाव पार्ने योजनासहित आगे साल भव्य तयारीसाथ मनाउँछौं।download (4)

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धानका जोन, सुपर जोनमार्फत उत्पादकत्व बढाउने योजना बनाएकोले आगामी वर्ष रिजल्ट आउने गरी कार्यक्रम गर्ने मन्त्रीले बताए।मन्त्री गजुरेल नार्कको हलमा आयोजना गरिएको कार्यक्रममा गमलामै धान रोपेर कृषि कार्यालय अनुगमन र पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी हुँदै बुधबार कञ्चनपुर पुगेका छन्।
सरकारले धानमा दुई वर्षभित्र आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्षको पहिलो १० महिनामा १८ अर्ब ८६ करोड रुपैयाँको चामल आयात भएको छ। गत वर्षको सोही अवधिमा १२ करोड ४० करोड रुपैयाँको चामल ल्याइएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६ अर्ब ४४ लाख रुपैयाँ धेरैको चामल आयात भएको भन्सार विभागले जनाएको छ।यो वर्ष समयमै मौसमी वर्षा हुँदा किसान उत्साहित छन्। मन्त्रालयले यो वर्ष व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तारु भन्ने नाराका साथ बुधबार देशभर १३ औं राष्ट्रिय धान दिवस मनाउन निर्देशन गरेअनुसार देशभरका कृषि कार्यालयले रोपाइँ गरेर धान दिवस मनाए। मंगलबारसम्मको तथ्यांकअनुसार देशभर करिब १८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।download (2)

गत वर्ष यो अवधिमा करिब १२ प्रतिशत मात्र रोपाइँ भएको थियो। नेपालमा कुल खेतीयोग्य जमिनको ५५ प्रतिशत भागमा धान खेती हुने गरेको छ। त्यसमध्ये ६८ प्रतिशत धान खेती तराईमा हुन्छ। तराई, पहाड र उच्च पहाडमा ६२ प्रकारका धान खेती हुने गरे पनि यहाँको जनसंख्यालाई पुग्ने धान उत्पादन नहुँदा वार्षिक अर्बौंको चामल आयात हुने गरेको छ।पहाड, उच्च पहाडसहित तराई क्षेत्रमा धान रोपाइँ गर्न किसान व्यस्त छन्। वर्षादले साथ दिएपछि धान रोप्नेक्रम जारी छ। तराईको तुलनामा पहाडी र उच्च पहाडी जिल्लामा धेरै रोपाइँ भएको छ। समयमै आकाशे पानी परेकाले किसानले धान रोपाइँ गरेको कृषि मन्त्रालयका प्रवक्ता शंकर सापकोटाले बताए। यो वर्ष राम्रो संकेत देखिएको छ, उनले भने, यो वर्ष धान उत्पादन बढ्ने आशा गरेका छौं।