पानी पर्छ कि पर्दैन अब मोवाईलबाट नै थाहा हुने

Avatar photo
Dhadingpost
मङ्लबार, असार १४, २०७३

धादिङ असार १४images

अहिले सबैको हातहातमा मोबाइल छ, ठूलो पानी पर्ने वा बाढी आउने पूर्व सूचना १०/१२ घण्टा अघि नै पुर्‍याउन सके, सतर्क रहन्छन्’ विभागका बाढी विज्ञ विनोद पराजुली भन्नुहुन्छ ‘ठूलो वर्षा, पहिरो वा बाढी आउन सक्ने पूर्व सूचना हप्ता दिनभित्रै सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ ।’

घर बाहिर जाँदा छाता बोकेर जाने वा बर्सादी ? या त गम्बुट लाएर निस्कने ? यसको निधो अब घरमै बसेर गर्न सक्नुहुन्छ । यसका लागि जल तथा मौसम विज्ञान विभागले जोखिमयुक्त क्षेत्रका बासिन्दाको मोबाइलमा एकैपटक सूचना पुर्‍याउने संयन्त्रको विकास गरिरहेको छ ।

त्यसपछि जहाँ जहाँ बाढीको जोखिम छ, जहाँ जहाँ ठूलो पानी परेर पहिरो जाने सम्भावना छ, त्यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिको मोबाइलमा, ठूलो पानी पर्दैछ सतर्क रहनुहोला, बाढी आउने सम्भावना छ सचेत रहनुहोला जस्ता एसएमएस आउनेछ ।images (1)

बाढी पूर्व सूचना प्रणाली

नेपालका प्रमुख नदीमा बाढी पूर्व सूचना प्रणाली स्थापना गरेर बाढी आउनु भन्दा पहिले नै सूचना दिने संयन्त्रको विकास गरिसकेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानसम्म जाने समयको उपलब्धता गराउन र धनजनको क्षति न्यूनीकरणको लागि जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना पुर्‍याउने काम गर्दै आएको छ ।
विभागले महाकाली, कर्णाली, राप्ती, बबई, नारायणी, बाग्मती र कोशी तथा कन्काईसम्म नै बाढी पूर्व सूचना प्रणाली स्थापना गरी सूचना प्रदान गरिरहेको छ । ठूला बाढीका घटनाहरु तराईमै हुने गरेको र समथर भूभागमा थोरै पानीको सतह बढ्दा पनि डुबानमा पर्ने खतरा भएकाले तराईलाई केन्द्रविन्दु बनाएर बाढी पूर्व सूचना प्रणालीको स्थापना गरेको बाढी विज्ञ विनोद पराजुलीले बताउनुभयो ।
यस प्रणाली अन्तर्गत विभागले माथिल्लो जलाधार क्षेत्रको वर्षाको अवलोकन गर्ने, वर्षाको भविश्यवाणी गर्ने र तल्लो तटीय क्षेत्रमा हुनसक्ने पानीको प्रवाहको पूर्वानुमान गरेर जोखिमयुक्त क्षेत्रमा रहेका समुदायलाई पूर्व सूचना दिने काम गरिन्छ । सन् २००८ देखि बाढी पूर्व सूचना प्रणाली जडान गर्न थालेको विभागले अहिलेसम्म प्रमुख नदीहरुको जलाधार क्षेत्रमा पूर्व सूचना स्थापना गरिसकेको छ । यसले तराईका १२ वटा जिल्लालाई सूचना उपलब्ध गराउँछ ।
दार्चुलाको नजिक रहेको महाकालीको पूर्वसूचना केन्द्र र धुलागाढ नजिकै परीगाउँमा स्थापना गरिएको डडेल्धुराको पूर्वसूचना केन्द्रले कन्चनपुर लगायतको डुबानमा पर्न सक्ने क्षेत्रका समुदायलाई सूचना उपलब्ध गराउँछ । गतवर्ष महाकालीमा बाढी आउँदा १२ घण्टा अगावै सूचना प्रवाह गरेपछि जनधनको क्षति हुन नपाएको बाढी विज्ञ पराजुलीले बताउनुभयो । तीन वर्ष दार्चुलामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि महाकालीमा पनि बाढी पूर्व सूचना केन्द्र स्थापना गरिएको हो

यसरी पुग्छ सूचना

स्थानीय तहमा पूर्व सूचना प्रणाली कार्यदलहरु हुन्छन् भने गाविस स्तरमा स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएका हुन्छन् । कार्यदल तथा ती समितिका सदस्यले बाढी तथा डुबानबाट जोगिने तालिम पनि लिएका हुन्छन् । जिल्ला स्तरमा भने सहायक सिडिओको संयोजकत्वमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र गठन गरिएको हुन्छ । केन्द्रका सदस्यमा प्रहरी, नेपाली सेना तथा रेडक्रस लगायत हुन्छन् । बाढी पूर्व सूचना केन्द्रले तिनै संयन्त्रलाई सबैभन्दा पहिले सूचना प्रवाह गर्ने गरिन्छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रत्येक सदस्यले जोखिमयुक्त क्षेत्रका गाउँ, वस्ती र घरसम्म खबर पुर्‍याएर बाढी तथा डुबानबाट हुन सक्ने क्षति रोक्न मद्दत गर्दछ । जोखिममा रहेका समुदायले जोखिमताका आंकलन गरी धनजनको क्षति हुन नदिने उपाय अपनाउँछन् ।

यत्तिबेला नेपाल लगायत पाकिस्तान, भारत र बंंगलादेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । बाढी विज्ञ विनोद पराजुली भन्नुहुन्छ ‘उच्च चापीय र न्यूनचापीय क्षेत्रको जुृन अन्तरक्रिया हुन्छ त्यसबाट समूद्रमा भएको उच्च चापीय क्षेत्रबाट जमिनमा भएको न्यूनचापीय क्षेत्रतर्फ हावा आउँदा समुद्रको हावामा पानीको वाफ धेरै हुने भएकाले चार महिनामा धेरै पानी पर्छ र बाढीको रुप लिन्छ ।’
जत्ति न्यूनचापीय क्षेत्रको म्याग्निच्यूड कम हुन्छ त्यत्ति नै बढी जलवाष्पयुक्त हावा समुद्रबाट जमिनतर्फ आउँछ र नेपालको उत्तरीतर्फ फैलिएर रहेको हिमश्रृँखलाले जलवाष्पयुक्त बादललाई छेकिदिंदा नेपालभित्र मात्र नभई जम्मुकाश्मिर हुँदै पाकिस्तानसम्मकै क्षेत्रमा र पूर्वतिर भूटानसम्म नै अधिक पानी पर्छ र यो क्षेत्रमा बाढी आउने सम्भावना हुन्छ ।
बाढी विज्ञ विनोद पराजुलीका अनुसार नेपालमा दुईवटा जलवाष्पयुक्त बादलहरु प्रवेश गर्दछन् । एउटा बंगालको खाडीबाट आउने गर्दछ भने अर्को अरब सागरबाट । अरब सागर नेपालको पश्चिमी भूभागबाट नजिक छ भने पूर्वी भूभागबाट बंगालको खाडी नजिक छ ।
अहिले बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले पूर्वी क्षेत्रमा बर्षा भइरहेको छ । अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाले पश्चिमी क्षेत्रमा पानी पर्छ ।