धादिङबेसी असार १० । लोकदोहोरी प्रतिष्ठान धादिङको जिल्ला सम्मेलन उद्घाटन सत्रमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु भोली धादिङबेसी आउने भएका छन् ।
राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीका साथ जिल्ला सम्मेलन सम्पन्न गर्न कलाकारहरु भोलि शनिबार धादिङबेसी आउन लागेका हुन् ।
सम्मेलन उद्घाटन गर्न कलाकार ल्याउने देखि सम्मेलनको सम्पूर्ण तयारी सकिएको लोकदोहोरी प्रतिष्ठान धादिङका अध्यक्ष कृष्ण शिसिरले बताउनु छ ।
कार्यक्रम धादिङबेसी स्थित कवर्डहलमा बिहान ११ बजे देखि सुरु हुने उद्घाटन सत्रमा चर्चित लोक गायक लोक गायीकाहरुको प्रस्तुती रहने हुँदा कार्यक्रम भव्यहुने पनि अध्यक्ष शिसिरले बताउनु भयो ।