गणतन्त्र दिवस २०७३ भव्य रुपमा बनाउन जिल्ला विकास समितिका प्रमुखको अध्यक्षतामा गठित जिल्ला समारोह समितिको निर्णय अनुसार निम्न अनुसारका औपचारिक कार्यक्रमहरुको तर्जुमा गरिएकोले उक्त कार्यक्रमहरुमा सहभागिता, समन्वय एवं सहकार्यको लागि हार्दिक अनुरोध गरिन्छ ।
१.२०७३ जेष्ठ १४, १५ र १६ गते साझ सवै सरकारी, गैरसकारी, तथा निजी कार्यालयहरुमा दिपावली गर्ने ।
२. प्रभातफेरी २०७३ जेष्ठ १५ गते विहान ७ बजे (पुछारबजार पुलवाट शुरु भई बजार परिक्रमा गरी जिविसमा भेला हुने)
३. २०७३ जेष्ठ १५ विहान ७ः३० जिविस प्राङगणमा राष्ट्रिय झण्डामा सलामी, सहिदको सम्झनामा माल्यार्पण कार्यक्रम
४. २०७३ जेष्ठ १५ विहान ७ः४५ बजे देखि जिविस सभाहलमा जिविसको सभाहलमा संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनैतिक दलको भूमिका विषयमा अन्तर क्याम्पस वतृत्वकला कार्यक्रम ।
५. गणतन्त्र दिवसको औपचारिक कार्यक्रम प्रथम राष्ट्रिय पत्रकारीता दिवस २०७३ को अवसरमा भएको फुटवल प्रतियोगिताको विजेता टोलीलाई पुस्कार प्रदान गर्ने ।
६. मिति २०७३ जेष्ठ १४, १५ र १६ गते जिल्लाबाट प्रशारण÷प्रशारण हुने संचार माध्यमहरुमा गणतन्त्र सम्बन्धी लेख, रचना, अन्तवार्ता÷अन्तरसम्बाद, डकुमेन्ट्री प्रकाशन÷प्रशारण गर्न संचार माध्यमहरुलाई अनुरोध गर्ने ।
गणतन्त्र दिवस २०७३
जिल्ला समारोह समिति, धादिङ