काठमाडौं जेष्ठ २ । बार्सिलोना लुइस स्वरेजको हृयाट्रिकको मदतले स्पेनिस ला लिगा फुटबलको विजेता बनेको छ ।
शनिबार भएको लिगको अन्तिम खेलमा ग्रानाडालाई ३-० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।
ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा अग्रता लियो । ३८ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।
खेलको ८६ औं मिनेटमा स्वरेजले हृयाट्रिक पुरा गर्दै बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका छन् ।