आइसक्रिममा रोगप्रतिरोधात्मक क्षमता

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १८, २०७३

एजेन्सी, वैशाख १८, २०७३।
 गर्मीमा चिसो आइसक्रिम खानु आफैंमा रमाइलो हुन्छ । आइसक्रिममा भिटामिन, क्याल्सियम तथा प्रोटिन भरपुर मात्रामा हुन्छ ।

 आइसक्रिम प्रोटिनको राम्रो स्रोत हो । यो शरीरको हरेक अंग अर्थात् मांसपेशी, छाला, हड्डी, रगत सबैका लागि लाभदायक हुन्छ ।

 आइसक्रिममा भिटामिन ए, बी–२ तथा बी १२ पाइन्छ । यो रोगप्रतिरोधात्मक क्षमताका लागि उपयुक्त मानिन्छ । भिटामिन ‘ए’ ले आँखालाई तेजिलो बनाउँछ ।