आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ११, २०७३

धादिङ वैशाख ११ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।

बैंग्लोरले राइजिङ पुणे सुपरजाइन्ट्सलाई १३ रनले पराजित गरेको छ । गएराति भएको खेलमा बैंग्लोरले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको पुणे सुपरजाइन्ट्स पुरै ओभर खेल्दै ८ विकेट क्षतिमा मात्र एक सय ७२ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले पुरै ओभर खेल्दै तीन विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो ।