धादिङबेसी बैशाख ११ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ राँगेटारमा बैशाख १ गते देखि सुरु भएको बृहत धार्मिक महोत्सव २०७३ एवंम शुभकामना ज्ञान महायज्ञ सम्पन्न भएको छ ।
धादिङमा अवस्थित विश्व भागवत धाम नेपालको चार धाम भागवत अस्पताल संस्कृत पाठशाला, धर्मशाला, बृद्धाश्रम, बालश्रम, योगशाला, गौशाला निमार्ण गर्ने मुख्य उद्धेश्यका उक्त महायज्ञको सञ्चालन गरिएको हो । बैशाख १ गते देखि सुरु भएको महायज्ञबाट ३३ लाख २ हजार ५ सय ५३ रुपैंया रकम संकलन भएको छ ।
महायज्ञको समापनको दिन शुक्रबार मात्र नगद रु १८ हजार ९५ रुपैंया संकलन भएको थियो । महायज्ञमा १२ लाख बराबरको जग्गा दान, जेन्सी सामानहरुबाट दुई लाख, जम्मा प्राप्त नगद रु १६ लाख ७० हजार १ सय ६ , नगद उठ्न बाँकी रु २ लाख १४ हजार ३ सय ५२ गरी कुल ३३ लाख २ हजार ५ सय ५३ रुपैंया रकम संकलन भएको मुल आयोजक समितिका सदस्य एव आर्थिक संकलनका संयोजक कुमार कार्कीले बताउनु भएको छ ।
यसैगरी नीलकण्ठ १२ पशुपति थानका केशब रिजाल र श्रीमती अम्बिका रिजालबाट रु सबै भन्दा उत्कृष्ठ नगद रु १ लाख ११ हजार महायज्ञको लागि दान गर्नु भएको थियो । यसै महायज्ञको भवन निमार्णको लागि कुम्पुर गाविस परेवाटारका केशब थपलियाले ७ लाख बराबरको साँढे दुई आना जग्गा महायज्ञलाई हस्तान्तरण गर्नु भएको छ । भवन निमार्णको लागि एक प्रसाद घिमिरेले ३ हजार इट्टा, १० बोरा सिमेन्ट, बिष्णु प्रसाद घिमिरेले ५ हजार इट्ट, ५ बोरा सिमेन्ट र पुष्पा न्यौपानेले २ हजार इट्टा र २० बोरा सिमेन्ट सहयोग गर्नु भएको छ । महायज्ञको बाल तपस्वी पण्डित श्री उत्तम भट्टको मुखराबिन्दबाट भावत प्रबचन गर्नु भएको थियो ।