एक्सन र हेफर इन्टरनेशनलको आधारशिला तालिम सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १०, २०७३

सुबास खतिवडा,
धादिंग वैशाख १० | “भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाऔ”भन्ने नारा सहित साना किशान उद्यमी सवलिकरण परियोजना मुरलिभंज्यांगमा सरोकारवाला हरुका लागि ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ |
एक्सन नेपाल र हेफरइन्टरनेशनल नेपाल को संयुक्त साझेदारिमा मुरलिभंज्यांग (निलकण्ठ नगरपालिका वडा नं ८,९,१०) मा संचालित साना किशान उद्यमी सवलिकरण परियोजना अन्तर्गतका परियोजना कार्यान्वयन अनुगमन तथा मुल्यांकन समिति,(राजनैतिक दल, स्थानीय शिक्षक, वडा नागरिक मन्चका संयोजक,बुद्दिजीवी) हरुका लागि सर्वांगीण एबम दिगो बिकाश का लागि हेफरका आधारशिलाका बारेमा जानाकारी दिने उदेश्यका साथ तालिम को आयोजना गरिएको हो |

नेता ,नेत्रित्व,स्व नेत्रित्व नेत्रित्वशैलि ,प्रबृती,दृष्टिकोण,व्यवहार ,सकारात्मक सोच बृदीगर्ने पाइलाहरु ,मूल्य मान्यता ,नेपालमा हेफरइन्टरनेशनलले सुरु देखि संचालनगरिरहेका काम ,साथै सार्वांगीण दिगो बिकासका लागि हेफरका १२ वटा आधारशिला हरु उपहार प्रदान ,उत्तरदाइत्व,बाँडीचुंडी उपभोग र स्याहार,दिगोपन र आत्म निर्भरता ,पशुको उचित ब्याबस्थापन ,पोषण स्वास्थ्य ,लैंगिक र परिवार केन्द्र बिन्दु ,वास्तविक आवस्कता र न्याय,वातावरण सुधार ,पूर्ण सहभागिता ,तालिम शिक्षार संचार र आध्यात्मिकता लगायतका विषयमा छलफल र सहजीकरण गरिएको थियो|

तालिमको सहजीकरण एक्सन नेपाल का परियोजना संयोजक शन्त भट्टराई ले गर्नु भएको थियो| तालिमकै अन्य बिषय बस्तु माथि परियोजनाका प्राविधिक संयोजक सुबाश खतिवडा ,र सामुदायिक सहजकर्ता मिना लम्साल र फत्त कुमारी श्रेष्ठले समेत गर्नु भएको थियो|
तालिमको अन्त्यमा सरोकारवाला सहभागीहरु मध्ये संयुक्त वडा सचिब(निलकण्ठ नगरपालिका वडा नं ८,९,१०)सरोज तिवारीले तालिम आयोजक संस्था ,हेफर इन्टरनेशनल नेपाल र सम्पूर्ण सरोकारवालाहरु प्रति आभार प्रकट गर्दै सिकेका कुरा आफ्नो र आफ्ना समुदाय हरु मा इमान्दारिताका साथ व्यवहारमा उतार्नु पर्ने र बिकाशका निम्ति साथ,समर्थन र सहयोगका निम्ति आफु प्रतिवद्द रहेको बताउनु भयो |
सहभागी अन्य सरोकारवाला सहभागीहरुले समाज र राष्टलाइ सम्बृद्ध गराउनका लागि कामगर्दै आएको संस्था एक्सन नेपाल र भोका ,नांगा गरिवी र पिछडीएका वर्ग हरुको जिवनस्थर उकास्दै परिवर्तन को सुरुवात आफै बाट गरौ र भोका लाइ एकछाक भोजन होइन जिउने जुक्ति सिकाउ भन्ने हेफरको नारालाइ आत्मसाथ गरि आफुहरु पनि सोहि अनुसार काम प्रति इमान्दार ,बफादार, पारदर्शितामा सबैले जोड दिनु पर्ने धारणा राखेका थिए|