सुमन अधिकारी,
धादिङ, धुँवाकोट बैशाख ९ । सहयोग रकम जोरजाम भए पछि सरस्वती उमाविको भवन बन्ने भएको छ ।
धुवाँकोटबाट देश तथा विदेश रहेका हरुको समेतआर्थि सहयोग पाएपछि विद्यालयको पक्की भवन शिलान्यास धुवाकोट १ पात्लेका धन बहादुर तामाङ गर्नुभएको थियो ।
भुकम्पले भत्काएको विद्यालय भबन निर्माणका लागि विदेशमा रहेका धनबहादुर तामाङ कृष्ण तिमल्सिनाले १० लाख बुद्धिलाल तामङ मार्फत संकलित रकम ५ लाख ६५ हजार, राम तमाङ ले १ लाख रुपयाँ विद्यालयलाई प्राप्त भैसकेको छ ।
सिलान्यास कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङ ३ प्रदेशका अध्यक्ष सोम्बोले तामाङले विद्यालय पुनर्निर्माण कोष स्थापना गर्न रु २५ हजार दिने घोषणा गर्नु भएको थियो ।
समाजसेवी नीटन तामाङ ले रु.१०,५००० कोष लाई उप्लब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।
उक्त कार्यक्रममा नेकप एमालेका नेत्र प्रसाद नेपाल, नेपाली काँग्रेस धुवाकोटका सभापति सन्तोस बस्ताकोती, राप्रपाका बमबहादुर गुरुङ लगायतले सहयोगि हातहरुलाई धन्यावाद दिएको थिए ।