धादिङबेसी बैशाख ४ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रेका नेपालले ४७ ओभर १ बलमा लक्ष्य पुरा गरेको थियो , पाँच विकेटको जीत निकाल्यो नेपालले । जितमा बिनोद भण्डारी र शरद भेषवाकरको महत्वपूर्ण भूमिका रह्यो । शरद अर्धशतकीय पारी खेले ।
जीतका लागि शरद र बिनोशको साझेदारी निर्णायक रह्यो । दुवै नटआउट रहे । खेल हेर्न गएका १० हजारभन्दा बढी दर्शकले जीतको मजा लिए । उपराष्ट्रपति नन्दबहादुर पुन र गृहमन्त्री शक्ति बस्नेत पनि खेल हेर्न कीर्तिपुर मैदानमा पुगेका थिए । खेलाडीले उनीहरुलाई पनि जीतको खुसी दिए ।