धादिङ बैशाख ४ । विश्व क्रिकेट लिग च्याम्पिनशिपको आज बिहान ९ बजे नेपाल र नामिबिया बीच हुने खेलको टिकट सकिएको छ ।
कुल १५ हजार टिकट विक्रिमा राखिने भनिए पनि १० हजारपछि शुक्रबार साँझ टिकट विक्री बन्द गरिएको थियो ।
दर्शकलाई मैदानमा व्यवस्थित हिसाबले राख्न टिकट बन्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्यकारी छुम्बी लामाले बताउनु भयो ।
खेलको प्रत्यक्ष प्रसारण नेपाल टेलिििभजनले गर्ने जनाईएको छ ।