हाइड्रोसिलको निशुल्क अप्रेसन हुने

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २२, २०७२

धादिङबेसी चैत्र २२ । सरकारले हाइड्रोसिलका पिडीत व्यक्तिका लागि जिल्ला अस्पताल धादिङ सहित देशका ७१ वटा अस्पतालबाट निशुल्क अप्रेसन गर्न सक्ने व्यवस्था मिलाएको छ ।
निशुल्क अप्रेसन गर्ने अस्पतालमा जिल्ला, अञ्चल, क्षेत्रीय तथा केन्द्रीय अस्पतालहरु रहेका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हात्तिपाइले रोग नियन्त्रण कार्यक्रमका जनस्वास्थ्य अधिकृत तुल्सी अधिकारीका अनुसार हाइड्रोसिल पिडीत व्यक्तिले तोकिएका अस्पतालमा पुगी निशुल्क अस्पताल गर्न सक्नेछन् ।
सरकारले यस आर्थिक बर्षमा ११ हजार व्यक्तिको निशुल्क अप्रेसन गर्ने लक्ष्य लिएको छ । महाशाखाले गतवर्ष कपिलवस्तु, बर्दिया र कैलालीमा नमूना कार्यक्रमको रुपमा यो अभियान सुरु गरेको थियो । त्यति बेला तीन जिल्लामा ६ सय ४१ जना हाइड्रोसिल पिडीतले निशुल्क अप्रेसनको फाइदा लिएका थिए ।
नमूना अभियान प्रभावकारी देखिएपछि महाशाखाले यसबर्ष ६३ जिल्लामै यो अभियान सुरु गर्न लागेको हो । अधिकारीका अनुसार यो अभियानमा जुनसुकै जिल्लाका व्यक्तिले जुनसुकै स्थानको तोकिएको अस्पतालमा गएर उपचार गराउन पाउछ ।