धादिङका मनोचिकित्सक कहाँ के गरि रहेका छन्

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १९, २०७२

धादिङबेसी चैत्र १९ । वेशाख १२ गतेको भुकम्प पछि धादिङ ९ वटा संस्थाहरुले मनोचिकित्सकहरु मार्फत सेवा दिईरहेको बताईन्छ । यहि क्षेत्रमा लाखौ खर्च पनि भईसकेको देखिन्छ । तर उदाहारणिय कामको सुचि केहि देखिदैनन् नत उनहिरुको कार्य मिडियामा नै देखिन्छन् ।
आज हामीले उठान गर्न लागेको विषय धादिङबेसीमा बजारमा भौतारिरहेका मनोरोगीहरुको विषय हो ।

विगत केहि वर्ष देखि धादिङबेसीबजारमा ३ जना मनोरोगीहरु डुली रहेका छन् । उनीहरुको स्वभाव र गती विधि सामान्य मानिस भन्दा पृथक हुन नौलो विषय हैन किनकी उनीहरु मनोरोगी हुन् ।

अमानविय गतिविधिमा देखिने उनीहरु पूर्ण पागल भने होईनन् । धादिङबेसीमा देखिने एक महिला हुन् टीकी मायाँ थर के हो कहाँबाट आईन कुनै अत्तो पत्तो छैन उनलाई नाम के हो भनेर सोद्धा टिकिमायाँ जवाफ आउँछ ।

पहिले नेपाल पत्रकार महासंघको निर्माणाधिन भवन प्रङ्गणमा बस्दै आएकी उनी महाँसंघले आफ्नो दैनिक कार्य सम्पदन आफ्नै भवनबाट सुरुगरेपछि जिल्ला रेडक्रस धादिङको भवन अगाडी सडक पेटीमा बस्दै आएकी छिन् ।

निकै मिजासीली टिकीमायाँ मिठो स्वरमा पैसा माग्छिन् , कोहिले दिन्छन् कोहीले बौलाई भनि अपहेलना गर्दछन् ।

करीब ४० वर्ष पार गरेकी जस्ती दृखिने टिकि मायाँ सडकमा फेला पारेका हरेक कुहिएका फलफुल, खानेकुराहरु, प्लाष्टिकका सामान आफ् बस्ने ठाउँमा थुपार्ने गर्दछिन । जसले गर्दा त्यस वरीपरि झिँगा भन्किएको देख्न सकिन्छ ।

त्यस्तै अर्का करीब ४० वर्ष पारगरेका पात्र हुन् तराई मुलका जस्ता देखिने हेर्दा ज्यू डाल बलिया, शरीरिक वनावट पनि बलिया देखिन्छन् । उनी पनि पुछारबजार आसपास बस्छन् मागेर खान्छन् उनी नेपाली भाषा जान्दैनन् हिन्दी बोल्छन् तर कहाँबाट आए नाम के हो केहि बताउँदैनन् ।

यस्तै अर्का पात्र छन् बीचबजारमा बस्छन् मुड चलेको बेला गाडी सरसफाई गर्दिने होटलको भाँडा माझ्दिने र पैसा मागेर केहि किनेर खाने गर्दछन् ।
यी ती नै जना मनोरोगी हुन् । मनोचिकित्सक क्षेत्रमा लाखौ डलर खर्च गर्ने संस्थाहरुले मात्र यी ३ जनालाई उपचार गराई देखाएमात्र पनि उपलब्धी मुलक काम मान्न सकिन्थ्यो ।

कुरा उठ्न सक्छ उनहिरुलाई मनोचिकित्सको सल्लाहाले मात्र हुदैन मेडिसिन औषधी चाहिएला यसको पनि विकल्प छ जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय तर धादिङमा किन डलर पचाउने खेलमात्र हुन्छ स्थानीयी बजारबासी केशव छत्कुली बताउँछन् ।

मोरङ्मा देखिएको यस्तै समस्या मोरङ प्रशासन , राष्ट्रिय मानव अधिकार आयोग , कोकन , एम्बुलेन्स चालक संघ मोरङ , पुर्बाञ्चल मानव अधिकार सञ्जाल लगायतको पहलमा बिराटनगरमा दयनिय अवस्थामा भौतिरिरहेकी एक अधबैशे महिलाको उपचारका लागि उद्धार सम्भव भएको छ ।
केही महिनाको उपचार पछि अवस्था ठीक भएमा ती महिलाको समाजिक पुर्नस्थापना हुने छ । अन्दाजी ४० बर्षकी ती महिला ६ महिना पहिलेदेखी बिराटनगरका सडकमा भौतारिदै आएकी थिइन ।

धादिङबेसीमा भने आँखा अगाडी नै देखिएका यी मनोरोगीको विषयमा केहि नगर्ने अनि डलर सिध्याउन यति गर्यौं, उती गर्यौं यति लाख सिद्धियो भनेर प्रतिवेदन देखाउने डलरे संस्थालाई कसरी  पत्याउने बजारबासी आक्रोस पोख्छन् ।।