नेपाल र मलेसिया बीच आज साँझ फुटबल भिडन्त हुँदै

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १४, २०७२

धादिङ चैत्र १४ । नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा खेल्दै छन् ।
मलेसियाको सेम्बिलन स्थित अब्दुल रहमान तुआन्कु रंगशालामा नेपाली समय अनुसार बेलुका ६ः४५ बजे खेल सुरुहुने छ ।
जापानिज प्रशिक्षक कोजी ग्योतोकुको पहिलो खेल रहेको यस खेलमा नेपालका प्रमुख छ खेलाडी विविध कारणले गर्दा उपस्थित छैनन् ।
आज हुने खेलमा विराज महर्जनले कप्तानी गर्ने छन ।
बिमल र अन्जनको अनुपस्थितिमा भरत खवास र प्रकाश बुढाथोकीले नवयुग श्रेष्ठसंग मिलेर टोलीको आक्रमण सम्हाल्ने छन् । विशाल राई र हेमन गुरुङले मध्यक्रम सम्हाल्ने सम्भावना देखिएको छ ।