धादिङबेसी चैत्र १० गते । प्रकृतिसँग हाम्रो शरीरको गहिरो नाता, हाम्रो जीवन शैलीलाई प्रकृतिमय बनाऔं भन्ने लक्ष्यका साथ आगामी शनिबार (चैत्र १३ गते) धादिङबेसी पुछार बजार स्थित एड्भान्स एकेडेमीमा १ दिने हेल्थ शिविर संचालन हुने भएको छ ।
नेपालको चर्चित होलिष्टिक हेल्थ प्रालिले आयोजना गर्न लागेको १ दिने शिविरमा हरेक रोगको पहिचान र उपचार विधिका विषयमा जानकारी दिने बताईएको छ ।
धादिङबेसी पहिलो पटक हुन लागेको यो शिविरमा रोग लागेका देखि रोग लागेको अनुभुती सम्म नभएका दुबै किसिमका मानिसका लागि लाभदायीक हुने समेत होलिष्टिक हेल्थ प्रालिका चिकित्सकहरुले बताएका छन् ।
ति चिकित्सकमा अनुसार बिहान ११ बजेबाट स्वस्थ्य परिक्षण र जानकारी मुलक प्रवचन हुन्छ । जानकारी दिने धादिङबेसीबासकिा लागि यो अवसर हुनेछ ।
हामी रोग होस् या समस्या सबै निदान गर्छौ, पहिला तपाई शिविरमा आउनुहोस् अथवा थप जानकारीको लागि धादिङबेसीका लागि सुशिला रिजाल ९८४१५५८९१७ मा सम्पर्क गरी बुझ्न होल स्टिक प्रालि केन्द्रिय कार्यालय काठमाडौले जानकारी दियो ।