आज भारत र पाकिस्तान भिड्दै

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ६, २०७२

काठमाडौं चैत्र ६ । विश्वकप टी २० मा आज भारत र पाकिस्तानबिच खेल हुने भएको छ । चिर परिचित प्रतिद्धन्दी भारत र पाकिस्तान बीचको आजको खेललाई महत्वका साथ हेरिएको छ ।
खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । भारतमा जारी आइसिसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुईटै टोली जितको तयारीमा लमैदानमा उत्रिदैछन् ।
श्क्रबार बेलुका पाकिस्तान र भारत दुबै टोलीका खेलाडी अन्तिम अभ्यासका लागि कोलकाताको इडेन गार्डेनमा गएका थिए ।