धादिङ नौबिसे चैत्र ६ । धादिङ नौबिसेमा रहेको केपि सिमेन्ट कारखानामा काम गर्ने अखिल नेपाल औधोगिक मजदुर संगठनको बिस्तारिक बैठक शुक्रबार सकिएको छ ।
अखिल नेपाल औधोगिक मजदुर संघ के.पी सिमेन्ट एकाईका अध्यक्ष बहादुर सिंह तामाङको अध्यक्षता रहेको कार्यक्रममा अहिल नेपाल ट्रेड युनियन महासंघ धादिङका जिल्ला अध्यक्ष बद्री प्रसाद सुवेदीको प्रमुख आतिथ्यता सकिएको होे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ धादिङका जिल्ला अध्यक्ष सुवेदी श्रमीकहरुलाई उचित ज्याला र सेवा दिन केपि सिमेन्ट प्रशाुनलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघका जिल्ला सचिव सञ्जय देवकोटा, एकिकृत नेकपा माओवादी नौविस गाउँ पार्टी सचिव राजकुमार पाठक, वईसियल क्षेत्र नं ३ का संयोजक रुपक परिवार, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सन्तोष उप्रेती लगायतको अतिथ्यता रहेको थियो ।