धादिङबेसी चैत्र २ । हिमाल हेल्थ केयर नेपाल र बिश्व खाद्य कार्यक्रम सँगको साझेदारीमा सञ्चालन भएको कामको लागि खाद्यान्न सकिएको छ ।
बैशाख १२ गतेको विनासकारी भुकम्प पछि सुरु गरेको खाद्य कार्यक्रम आज एक कार्यक्रम गरि सम्पन्न भएको जानकारी गराएको हो ।
बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि यस संस्थाले दैबिक उद्धार समिति मार्फत ३६ टन खाद्यान्न, ३६ वटा टेन्ट, प्रहरी चौकीलाई सञ्चार सेवा सुचारु गर्न १० वटा सोलार सेट , जिल्ला अस्पताल धादिङलाई १० लाख बराबरको औषधी प्रदान , १ जेनेटर, ५० लाख बराबरको मेडिकल डकुमेन्ट प्रदान गरिएको थियो ।
यसै गरी टेलिफोन सेवा सञ्चालन गर्न ४ वटा जेनेटर , लापा र रि जाने आँखु खोलामा २ वटा झोलुङगे पुल मर्मत तीन महिना को लागि तिप्लिङ, सेर्तुङ र लापा गाविसका मानिसहरुलाई खाद्यान्न बितरण गरिएको थियो । जिल्ला दैवी प्रकोप उद्धार समिति धादिङको समन्वयमा सञ्चालन गरिएको कामको लागि खाद्यान्न कार्यक्रममा तिप्लिङ गाविसका ६ सय २५, रि का १ हजार ४ सय ८२, सेर्तुङका ६ सय ९१, झार्लाङका ८ सय ९९, लापाका ९ सय ९८ गरी कुल ४ हजार ६ सय ९५ घर धुरीलाई चामल, दाल, सडक बाटो निमार्ण तथा मर्मत गरिएको थियो ।
भुकम्प पछि उत्तरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई अब के खाए बच्ने भन्ने चिन्तामा परेको र भोकमरीले सताउने जस्ता सम्भावना देखिएको सहभागिहरुले बताएका थिए ।