नेपालमा अटिजमको औषधी छैन होसीयारी अपनाऔं

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १८, २०७२

धादिङबेसी फागुन १८ । अटिजम केयर नेपाल सोसाइटीले आटिजम रोगबाट सजग रहन आग्रह गरेको छ ।
नेपालमा अटिजम भएका बालबालिकाहरुको अभिभावकहरुसँग अटिजम सम्बन्धी जनचेतना फैलाउने, अटिजम भएका ब्यक्तिहरु तथा उनीहरुको परिवार र सहयोगीहरुको क्षमता निमार्ण तथा अधिकारका लागि काम गर्दै संस्थाले सोमबार धादिङबेसीमा एक अन्तरक्रिया गर्दै यस्तो आग्रह गरेको हो ।
मानिसको मस्तिष्कमा हुने उतार चढाब देखिने अटिजमको औषधी नेपालमा आहिले सम्म नपार्यएको समेत जानकारी गराईएको थियो ।
बच्चाहरुको स्किलको विकास प्रक्रिया, अटिजमका लक्ष्णहरु, अटिजम हुनुको कारण, जोखिम हुने अबस्थाहरु, पहिचान र निदान प्रक्रियाहरु लगायत विविध विषय बस्तुहरुको बारेमा जानकारी गराउनु गराईएको थियो ।
अटिजम निदानको लागि नेपालमा कुनै पनि औषधि नभएको तर यो रोग लागेका विरामीहरुले आफ्नो स्वास्थ्य परीक्षण अर्थात थेरापी मार्फत निदान गर्न सकिने छ । नेपालमा ४ लाखको हाराहारीमा रहेको अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बजा्रचार्याले बताउनु भयो ।