धादिङबेसी । २८५२ औँ ‘सोनाम लोछार’ को अवसरमा शनिबार धादिङबेसीमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
कला, धर्म, सांस्कृति र रीतिरिवाजको आधार हाम्रो सोनाम ल्होछार भन्ने नाराका साथ सोलुशन हर्बल प्रा. लिको सहयोगमा नेपाल तामाङ युवा घेदुङ धादिङले सांस्कृतिक कार्यक्रम गरेको हो ।
विशेष गरी तामाङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर लोहो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने चलन रहेको छ । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको थियो ।
बृहत साँस्कृतिक कार्यक्रमकै अवसरमा तामाङ समुदायकको हक हितको लागि निरन्तर रुपमा खटिरहनु भएको अग्रज ब्यक्तित्वहरुलाई मायाको चिनो स्वरुप सम्मान गरिएको थियो । कार्यक्रममा विजय लामा, छिमी मम्बा, विनु तामाङ, विरु लामा लागायत अन्य राष्ट्रिय तथा स्थानिय गायक गायिकाहरुको बेजोड प्रस्तुती रहेको थियो ।