धादिङबेसी । ३४ औं मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला कार्य समिति धादिङले कौह्रा नाच तथा बिबिधि सँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
नेपाल मगर संघ जिल्ला कार्य समिति धादिङका अध्यक्ष कल्पना राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मगर संघ जिल्ला कार्य समिति धादिङका हरीपाटा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
मगरहरुको भेष भूषा, कला, संस्कृति, मुख्य नाच कौह्रा, घाटु सालैजो, मारुनी, जस्ता नाचहरुलाई बिशेष प्राथमिकताका साथ संरक्षण गर्नु पर्ने बताएका थिए ।
क्या.सहिद लखन थापा मगरले देशका निमति गर्नु भएको योगदानको चर्चा समेतगरिएको थियो । लखन थापाले देश विकासको लागि आफ्नो ज्यान समेत बलिदान दिन तयार भएको सहभागिहरुले बताएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यै समिति धादिङका अध्यक्ष हरी शंकर गिदेल मगर, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतितिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
३४ औं मगर दिवसको अवसरमा मगर संघ जिल्ला कार्य समिति धादिङले धादिङको पुछारबजार देखि बाजा गाजा र ब्यान सहित ¥याली समेत निकालिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक गायक /गायिकारहरु दिप सागर थापा मगर, सागर बाबु पुन मगर, भावना बुढा मगर लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।