यो वर्षको १ महिने स्वस्थानी व्रत कथा समापन

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १०, २०७२

धादिङबेसी । हिन्दु धर्मावलम्बीहरुले पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी विधिवतरुपमा सकिएको छ ।
पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसेर महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहँदै आएको छ ।
आज व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्षतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरेका हुन् ।
स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ । स्वस्थानीको कथा वाचन र आत्मविश्वसका साथ नेपालीहरुले वाचन गरी वसेको ब्रत हरेक वर्ष वस्ने गरिनछ ।