भैरवी उच्च माविमा अखिल क्रान्तिकारीको भेला सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ९, २०७२

केशव सिंखडा,
धादिङ सुनौलाबजार फागुन ९ । जिल्ला सम्मेलनको तयारीमा रहेको अखिल क्रान्तिकारी धादिङले भैरबी उच्च माध्यामिक विद्यालय सुनौलो बजारको भेला सप्पन्न भएको छ ।
जिल्ला सम्मेलन आयोजक समितिका संयोजक माधव छत्कुलीको आतिथ्यतामा सम्पन्न भेलाले १९ सदस्यीय समिति गठन गरेको थियो । समितिको अध्यक्षमा गणेश कुमार श्रेष्ठ, उपाध्यक्षमा बिमला परियार, उपाध्यक्षमा उपेश राना मगर, सचिबमा रमिता लामिछाने मगर सह–सचिबमा भगवान राना मगर र कोषाध्यक्षमा दिपक बुढाथोकी चयन हुनु भएको छ ।