गोपाल फ्युवा तामाङ/
जुनसुकै समाज, जाति र सभ्यताको स्रोत बनेर बिशेष किसिमको अलिखित साहित्य प्रचलनमा रहेको हुन्छ त्यस साहित्यलाई लोक साहित्य भनिन्छ । तामाङ जाति नेपालको एक प्राचीन अदिबासी जनजाती हो ।
जनगनणा २०६८ अनुसार नेपालको कुल जननसङ्ख्या मध्ये पन्ध्र लाख उनन्चालिस हजार आठ सय चालिस जना तामाङहरु रहेका छन् । यो कुल जननसनङ्ख्याको पन्ध्र दशमलब आठ प्रतिसत हो । यस जातिसँग आफ्नै प्रकारका लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, उखान, टुक्का र गाउॅखाने कथा प्रचलनमा रहेको पाईन्छ । ति सबै लोक संस्कार र् सस्क्रितीको रुपमा बिकास भएको हो ।
दार्खा गबिस वडा न ३ बिर्चेतमा छेचक मान्ने परम्परा रहिआएको छ । युद्धमा बिरगती प्राप्त गरेका सहयोद्धाहरुको स्मृतिमा प्रत्यक बर्ष माघ महिनको दशमी देखी पुर्णिमा सम्मा बिशेष उत्सब छेची/ छिच्यू /छेजी /छेस्यूग आयोजना गरिएको पाईन्छ । सन १८३३ बि स १८८९ तत्कालिन पश्चिम १ नम्बर तथा हालको धादिङ जिल्ला दार्खा गाबिस वडा नं ३ को बिर्चेत गाउमा बर्सेनी नाचिने गरे पनि १९ सताब्दिदेखी तीन तीन बर्षको अन्तरमा मनाएको तामाङ संस्क्रिती अनुसन्धान बिभागको प्रतिबेदन २०६४मा उल्लेख गरिएको पाईन्छ ।
त्यसपछी तामाङ बाहुल्य रहेका ल्हप्सङ्कर्पो भरी घोडाचढि नाच नाच्ने प्रचलन रहेको पाईन्छ । दस बर्षे जन यूद्धको उत्कर्ष २०५७ पछी बिर्चेतमा भने यो परम्परा समेत अन्त्य भएकोमा २०६९ देखी शुरुवात गरेको छ ।
परिचय
छेची पर्बलाई छेच्यू, छेजी र छेस्यूग भन्ने गरिएको पाईन्छ । तामाङ भाषामा छे भन्नाले बरदान आशिर्बाद भन्ने अर्थ र चि वा च्यू भन्नाले दश भन्ने अर्थ लाग्छ । त्यस्तै स्यूगको अर्थ आर्जन भन्ने लाग्दछ । त्यसैले छेची, छेच्यू र छेस्यूग दश बरदान आर्जन गर्ने सन्दर्भमा लिन सकिन्छ । छेजी भन्नाले चाही उदायो सुरु भयो भन्ने अर्थ लाग्दछ । छेचिको बारेमा सर्बप्रथम समाजशास्त्री बाबुराम फ्युबाले तामाङ जातिको सामाजिक, आर्थिक र सांस्क्रितीक अवस्था नामक शोधग्रर्न्थमा गर्नु भएको हो ।
दार्खा बिर्चेतका तामाङहरुले प्रत्यक एक बर्षको अन्तरमा छेची प्रचलन पाईन्छ । जुन पाच दिन सम्म धुमधामले मनाइन्छ । छेची पर्बमा सम्पूर्ण गाउबासिको आर्थिक र स्वयम्सेबिको रुपमा अनिबार्य सहभागीता रहन्छ । छेची फाल्गुन सुक्लपक्षको दशमीको दिन देखी सुरु गरी पुर्णिमाको दिन वाङ दिएर सम्पन्न गरिन्छ । यस पर्ब र गेल्बो ल्होछारमा केही निकटता पाईन्छ किन कि गेल्बो ल्होछार र छेचीको तिथी मितिमा समेत निकटता पाईन्छ । छेची पर्बको सम्पन्न लगतै खेतीपाती लगाउने समय शुरु हुने धारणा राख्छन । हाल आएर यसले ल्होछारको रुप लिन थालेको पाईन्छ । छेची गुरु रेम्पोर्छेको जन्म दिन भएकोले सम्पूर्ण लामा धर्मलम्बिले मनाउनै पर्ने चाड मध्य एक हुन[ फ्युब बाबुराम ; २०६१ ]
त्यस पस्चात अजितमान तामाङले तामाङ जातीको चिनारी नामक पुस्तकमा छोटो प्रबेस गरेको पाईन्छ । गोपाल फ्युबा तामाङको शोधग्रन्थ तमाङ गाउखाने कथाको सङ्कलन बिस्लेसन र बर्गिकरनमा पनि चर्चा गरिएको पाईन्छ ।
“छेपची यानेकी दशमी भन्ने अर्थमा छेची वा छेच्यू भनिन्छ । छेचीको अर्थ भने उदायो वा सुरु भयो भन्ने अर्थ लाग्दछ । यस्लाई दसवटा आशिर्बाद पनि भन्ने गरिन्छ । छेची फाल्गुन शुक्ल पक्षको दशमी देखी पुर्णिमाको दिननसम्म मनाइन्छ । यस्मा मुखे नाच ,लामा नाच ,फूक्तुङ नाच ,ल्हलिमो नाच ,बेस्यक ,म्हान्देउ नाच, किर्पी, घोडचढी नाच ,म्हाने दोरा, यहा नाच, तिम्ङ्यू नाच ,र म्हेन्दो माया नाच समेतको चेमा खेलिन्छ । पुर्णिमाको दिन वाङ दिएर यो पर्बको अन्त्य हुन्छ । यो पर्ब तामाङ बाहुल्य रहेको गणेश हिमाल आसपासका ल्हप्सङ्कर्पो क्षेत्रमा बढी प्रचलित रहेको पाईन्छ । खास गरी नुवाकोट, धादिङ र रशुवा जिल्लाका उत्तरी भेगमा यो प्रचलन पाईन्छ [तामाङ गोपाल फ्युब २०७० ] ”
तामाङ अनुसन्धान बिभागको प्रतिबेदन २०६४ घोडचढी नाच सम्बन्धी प्रकाशित लेख रचनाहरुको सन्दर्भ आएको छ “घोडाचडी नाचको सङ्रक्षन हुनु जरुरी छ । तमाङ गोपाल फ्युब २०७०
महत्ब
तामाङ लोक जिबनमा घटेका बिभित परम्पराको समिस्रन छेचीमा पाईन्छ । यस्मा प्रदर्सन गरिने प्रत्यक नाचहरु चेमा अन्तर्गत राखिन्छ । ति सबै नाच गर्नका साथै अभिनयमा आधारित हुन्छ । त्यसैले जातिय सामाजिक सास्कृतिक एतिहसिक साहित्यिक र धर्मिकरुपमा यस्को महत्ब रहेको छ । जातियमा प्रचलित यो पर्ब तामाङ जातिसँग सम्बन्धित छ ।
चेमा आन्तर्गत मुखे फोक्तुङ , ल्हलिमो , बेस्यक ,किर्पी ,तपू ,जोगी ,र यहा पर्दछन । मुखेमा परम्परागत मुखिया परम्पराको झलक पाईन्छ । फूक्तुङ धर्मिक आस्था अनुसार सिमेभूमे स्वरुप हो भने ल्हलिमो र बेस्यक यूवयूवतिको खेल हो । किर्पी तान्थ्रिक झाक्रीको खेल हो । जोगी भने महादेबको स्वरुप बनाउदछन । तपू भन्नाले घोडचढी भन्ने बुझिन्छ । यसमा यूद्धकला देखाइन्छ । यहाँ चौरी नाचले पशुपालन यूगको प्रतित गराउछ साथमा म्हेन्दोमाया ,दोरा र लामा नाच पनि प्रस्तुत गरिन्छ ।
यसरी छेची सामान्य पूजा पाठ र मनोरन्जन कुरा मात्र नभएर पूरा पाच दिन सम्म तामाङ जातिले बिगतमा गरेका कार्यहरु समेत देखाउने गरिन्छ । त्यसैले छेची पर्ब महत्बपूर्ण छ ।
नाचको क्षेत्र
यो नाच पश्चिमी तमाङ क्षेत्रमा प्रचलन छ । परसुराम तमाङद्वारा प्रस्तावित ताम्सालिङ स्वायत्त प्रदेसको खाकामा प्रस्तुत गर्नु भएको स्वायत जिल्ला ३ अन्तर्गत रशुव स्वायत जिल्ला ३ अन्तर्गत रशुवा ,नुवाकोट र धादिङ उतरी क्षेत्र यानकी ल्हप्सङ्कर्पो क्षेत्र बढी प्रचलित पाईन्छ ।
[दार्खा३ धादिङ निवासी गोपाल फ्युबा तामाङ बिगत एक दसकदेखि तमाङ लोक साहित्य बिषयमा खोज अनुसन्धान ,सङ्र्क्षण ,सम्बर्धन र प्रचारप्रसारमा सकृय एक अभियन्ता हुन ]
सन्दर्भ ग्रन्थ सूची
तमाङ अजितमन, तमाङ जातिको चिनारी अजर २०६९ तमाङ गोपाल फ्युब गाउखाने कथाको सङ्कलक, बर्गिकरन र बिश्लेसन २०७०, एतिहसिक यूद निर्त्य घोडाचडी नाच तपू पहिचन २०७० फ्युब बाबुराम २०६५ तमाङ जातिको सामाजिक, सस्कृतिक एब आर्थिक अवस्था