नामिबियालाई जिते नेपालले विश्वकप सिधै खेल्न पाउने

Avatar photo
Dhadingpost
बुधबार, माघ २७, २०७२

काठमाडौं माघ २७ । यु-१९ विश्वकप क्रिकेटमा नेपालले सातौं स्थानका लागि हुने खेलमा नामिबियालाई पराजित गरे आगामी विश्वकप खेल्न पाउने भएको छ ।
नेपाल र नामिबियाको खेल भोलि हुँदैछ । सुपरलिगको प्ले अफ अन्तर्गत आज भएको खेलमा नामिबिया ईंग्ल्याण्डसँग २ सय ३ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालसँगको भिडन्त पक्का भएको हो ।
सुपरलिगको प्ले अफमा नेपाल पाकिस्तानसँग १ सय २२ रनले पराजित भएको थियो । ईंग्ल्याण्ड र पाकिस्तानले अब पाँचौ स्थानका लागि खेल्नेछन् ।