नेपाल फाईनलमा ३ गोल खायो माल्दिभ्सले

Avatar photo
Dhadingpost
बुधबार, माघ ६, २०७२

काठमाडौं । माल्दिभ्सविरुद्ध शानदार जित हात पार्दै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ ।
मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ४-१ गोल अन्तरको जित हात पारेको हो । माल्दिभ्सविरुद्ध नेपालले सन् १९९९ पछि पहिलो पटक जित हात पारेको हो ।
ढाकास्थित बङबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपालले ३० औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । रविन श्रेष्ठको पासमा विमल घर्ती मगरको प्रहार बारमा लागेर फर्किर्एको बलमा नवयुगले गोल गरेका हुन् ।
नेपालले अब उपाधिका लागि शुक्रबार बहराइनसँग खेल्नेछ ।