जनता सबै बराबर हैन र ?

Avatar photo
Dhadingpost
आइतवार, पुस २६, २०७२

pusparaj copyविनासकारी भुकम्पकको कारणबाट देशका गाउ शहर तथा हरेक क्षेत्र प्रभावित भएको सबैलाई जाहेर छ । कयौ मानिसले घरबार आफन्त तथा परिवारका सदस्य गुमाएका छन । गुमाउनेलाइ जति चोट छ । घरबार बिहिनलाई पनि त्यति नै पिडा छ । मान्छे सबैलाई आ आफ्नै समस्या ठुलो हुने वास्तविकता पनि हो । प्रकोक कै बेला र प्रकोप पछिका मानिसका जीवनयापनलाई नजिक बाट नियाल्दै आएको यस पंतिmकार आफ्ना केहि निजि विचार अगाडी प्रस्तुत गर्न अनुमति माग्दछ । विगत ३ वर्ष देखि जागिरको शिलसिलामा धादिङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको र देखेको अनुभव बाड्न चाहन्छु ।
भुकम्पको समयमा यहाका लढेका घर त्यसबाट आएका चिच्याहट, धुलो र अन्धमुष्टि सायदै अरु कसैले देखेर शब्दमा उतारेनन होला ? भुकम्पकै दिन साझपँख आएको उद्धारका हेलिकप्टर बाक्लो धुलोको कारण बस्न नसकेको, भोलिपल्ट बिहानै १३ गते देखि बारीका गह गहमा बसेका हेलिकप्टर घाइते छ की छैन भनेर पाइलट तथा सहायक पाइलटले सोधिएका प्रश्न दिमागमा ताजै छ । त्यो कार्य प्रशंशाको एक महत्वपुर्ण भाग हुन सक्दछ । त्यस लगतै आएका त्रिपाल, ब्याल्ङकेट, पिक, साबेल, खाद्यन्न जति देखे त्यसको दुई दिन पछि आफ्नै घर (ढोला) पुग्दा गाँउमा र छिमेकी गाविसमा कुनै राहतका सामाग्री नपुगेको कुरा मैले मेरै आखा र मानसपटलमा ताजै छ ।
जब भुकम्पबाट प्रभावित जनतालाई राहतको वितरण कार्य सुरु भयो सरकारले छुट्याएको राहत ८-१० किलो चामल , एउटा त्रिपाल, २-३ किलो पुतली चिउरा (एक किसिमको पातलो उड्ला जस्तो चिउरा) सबै गाविसमा बराबर नै वितरण भयो । लडाई गर्न सक्ने, घरमा जहान धेरै हुने र त्यसमा पनि स्थानिय पार्टीका मुन्द्रेहरुले गरेको रजाईलाई यहा उल्लेख नगरौ । भुकम्प पछिको ३ हप्ता पंक्तिकार आफ्नै घर गाउमा रहेर धादिङको उत्तरी क्षेत्र फर्कदा बाटोमा, घरमा मानिसको आवाज, आकासमा उडेका हेलिकप्टरका आवाज सायद रातमा मात्र बन्द भएको थियो । प्रत्येक घरमा आठ, दश बोरा चामल, दाल आधा दर्जन भन्दा माथी त्रिपाल रहेको कुरा यो पंतिmकार आफैले देखेको कुरा हुन ।
अस्ति दुई तिन अघि घरमा फोन गरेको थिए बुबालाई बुबाले माख्लो घरको माइली गुरुङसिनी जाडोकै कारणले त्रिपालकै कटेरोमा कठंग्रिएर मरेकी घटना सुन्दा, अचम्म लाग्यो, सदरमुकामबाट १०-१२ किलोमिटर टाढा रहेको ढोला मैदि नलाङ र चैनपुर जस्ता गाउमा यस्ता माइली गुरुङसिनी जस्ता कति जाडोको कारण कंठङग्रिएर मरेका छन् । मर्नेवाला छन् । हामी कसैले विचार गरेका छैनौ एनजिओ, आएनजिओ,एनजिओका प्रमुखहरु, कर्मचारीहरु विना कुनै स्थलगत अध्ययन खाली विकट उत्तरी क्षेत्र भन्दै लाखौ रुपैयामा हेलिकप्टर चार्टर गरेर चामल ओड्ने ओछ्याउने यतै मात्र ओर्साछन । अहिले पनि प्रत्येक घरमा १०-१५ बोरा चामल,२-४ बोरा दाल ,८-१० वटा कम्मल र व्यालङकेट सबैको घरमा भएको पढ्न आउने विद्याथीहरु र स्वंयम यस पंत्तिकारले देखेको छ । विद्यालयमा प्रत्येक दिन आधा विद्यार्थीको पनि उपस्थिती छै्रन । आधा भन्दा विद्यार्थी दैनिक चामल,दाल र जस्ता बोक्न जाने गरेका कारण अध्ययन अध्यापनमा समस्या भएको छ । त्यसमाथि इसाइ धर्मका विभिन्न संस्थाले दिनै पिच्छे बाडेका चामल, कम्मलले गर्दा त्रिपालको छाप्रो भरिएको विद्यार्थीहरु बताउछन् । घरमा आमाबाबु दाइ दिदि सगै राहत बोक्न जाने गरेकाले विद्यालमा विद्यार्थीको उपस्थिती ज्यादै न्युन रहेको छ ।
दुई तिन दिन अघि न्यान्यो कपडाकोे लागि बाडिएको (न्यानो पैसा) बाढिएको दिन स्थानिय भट्टी तथा पसलमा भएको न्यानो कार्यक्रम देख्दा लाग्थो यहि रैछ न्यानो कपडा अनि सिरक भनेको झै भएको थियो । अहिले पनि प्रत्येक घरमा पाच , सात बण्डल जस्तापाता अत्याधुनिक एनआरएस टेन्ट लगायतका सामाग्री देख्दा बाहिर हल्ला गरिएको झै यहाँ अभाव छैन भन्ने प्रष्ट हुन्छ ।
अस्ति भर्खर एक जना नजिकको साथी राहत लिएर हेलिकप्टरमा आउने कुरा हुदै गर्दा मैले यता तिर त्यस्तो अभाव छैन । दिने नै हो भने बरु हाम्रो गाँउ तिर ढोला मैदि, सलाङ, नलाङ र अन्य गाविस जहाँ कुनै सस्थाको सहयोग नपाएका दलित, जनजाती र बाह्मणहरु जो गरिब छन उनीहरुलाई मिलाइदिनु नि भन्दा उस्को उत्तर थियो “के गर्नु यार यताका मान्छे पिडित छन् थाहा छ तर यस्तै चलिरहेको छ । कतै खातैखात कतै हाहाकार । यो मैले समाधान गर्न सक्ने कुरा होइन सरी यार । दिने र रिफर गर्नेहरु त्यतै मात्रै देखाउछन्”
अन्त्यमा काठमान्डौको नजिक भएर नि साखु गाविस जति पिडित छ । धादिङबेसीको नजिक बनाइएका अस्थायी क्याम्प, ढोलाको आहालेमा बनाएका अस्थायी क्याम्पमा बस्नेहरु पुरानै थातथलोमा बाबुआमा लाई पठाएर छोरा बुहारी यता राहत संकलन गर्दै बस्नेले चुरोट,रीचार्जकार्ड मात्र किनेर जीवनयापन गरिरहदा नजिकै गाँउमा बस्ने साने बाहुन, माइली गुरङसिनी, ठुले नेवार भोट दमैले कंठङग्रिएको रात बिताएका, दैनिक चामल नुन तेल किनेर ज्यालादारीमा समय गुजारेको मनै कुडिने दृश्यको पक्षमा कोही बोल्छ ? छेउमा बस्ने ठुले नेवार भोट दमैको बारेमा कोहि बोल्छ ? के यिनिहरु नेपाली नागरिक होइनन ? के एनजिओ आएनजिओ एकै स्थानमा मात्र सहयोग बाड्न भनेर स्थापना र कार्य गनै आएका हुन र ? यस्ता विविध प्रश्नको उत्तर त्यसै अनुउत्तरित छन् ? (दुवाडी, ढोला ७, धादिङ घर भई धादिङको उत्तरीको एक विद्यालयमा पढाउने शिक्षक हुन् ।।)