जोगिमारामा स्काभेटर जल्यो, घटना स्थलमा नेकपा माओवादीको पर्चा

Avatar photo
Dhadingpost
आइतवार, पुस १२, २०७२

Untitled-1 copyधादिङ । धादिङको जोगीमारा गाउँ विकास समिति अन्तरगत जवाङखोलामा अज्ञात समुहले ४ वटा स्काभेक्टर र ६ वटा ट्रिपरमा आगजनी गरेका छन् ।
गए करिब राति ८:१५ बजे ७ जना जति हतियारधारीको एक समूहले अन्नपुर्ण क्वेइरिजको १ वटा एक्साभेटर २ गाडी तुफेल खानको ३ मेसिन पेट्रोल छर्केर पुर्णरूपले जलाएको छ ।
चुनढुङगाा खानीमा रहेका ४ वटा स्काभेक्टर र ६ वटा ट्रिपरमा आगजनी गरेका हुन् । आगजनीबाट बा २ क ८६६, बा २ क १९४३, बा २ क१९४२ र ना २ प २४१८ नम्बरको स्काभेक्टरमा पुर्ण रुपमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
३गाडी र २ मेसिन भने सामान्य जलेको छ । राति अचानक कम्पनिमा अज्ञात ब्यक्ति प्रवेश गर्दा गार्डले इन्क्याईरी गर्ने क्रममा पेस्तोल तेर्स्याएर एक दुई झाँपड खानुको साथै बञ्चरो प्रहारबाट बचेको गार्ड सुबास राईले बताएको छ ।
घटनालगतै मझिमटार चौकीको प्रहरी आएपनि हतियार नभएको हुँदा प्रहरीले प्रतिकार गर्न नसकेर थप क्षति भएको खानी इन्चार्ज भोजराज कोईरालाले जनाएकोछ । सलाङघाटबाट थप सशस्त्र प्रहरी आउदा हतियारी धारी माथि गाँउतिर गईसकेको थियो । घटनाश्थलबाट प्रहरीले एक थान बञ्चरो र नेपाल कम्युनिष्ट पार्टी माओवादीको पर्चा पमप्लेट फेला पारेकोछ ।
पर्चा फेला परे सँगै घटना विप्लव निकट नेकपा माओवादीले गराएको आशङ्का हुँदै गर्दा नेकपा माओवादी धादिङका सेक्रेटरी रामबहादुर श्रेष्ठले घटना स्थलमा पर्चा भेटियो होला तर हाम्रो पार्टीले त्यो घटना घटाएको आफुलाई जानकारी नभएको बताउनु भयो । फोटोः जोगिमारा धादिङ फेसबुक पेजबाट