जाडोमा लसुनको १२ फाईदा

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ७, २०७२

lasunहामी तरकारी स्वादिष्ट पार्न लसुन प्रयोग गरि रहेका छौ । लसुनको फाईदा त्यसमा पनि जाडो मौसमको सिजनमा यसको उपयोगिता बारे सबैलाई ज्ञान नहुन सक्छ । लसुन भान्छामा प्रयोग भइरहने खाद्य सामग्री हो । नियमित लसुन खानाले विभिन्न स्वास्थ्यसम्बन्धी समस्या बाट छुट्कारा पाउन सक्छौ ।

लसुन सेवनका फाइदा

– लसुनमा क्यान्सर प्रतिरोधी क्षमताको जर्मानियम तत्व हुने भएकाले यो क्यान्सरका लागि पनि उपयोगी हुने देखिएको छ । यो तत्व अन्य कुनै पनि जडिबुटीभन्दा बढी लसुनमै पाइने अध्ययनले देखाएको छ ।
– लसुनमा भएको एन्टिब्याक्टेरियल र एन्टिफंगल (ढुसी प्रतिरोधी गुण)ले एलर्जी हुनबाट जोगाउँछ । रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले नियमित लसुन उपभोग गर्दा फाइदा गर्छ ।
– कुटेको लसुनलाई पानीमा मिसाएर घाउ सफा गरे घाउ पाक्न दिँदैन ।
– बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ। त्यसैगरी भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ ।
– यसले कलेजोमा पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।
– भोक नलागेमा: बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ ।
– पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
– शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
– कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ । ‍
– वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति दिनहुँ खाए विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
– बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।
– जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।