धादिङ । वैशाख १२ गतेको भुकम्पले जीर्ण बनाएको मुरलीभन्याङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
नीलकण्ठ ९ ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको जग्गामा मुरलीभन्ज्याङ स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ प्रसाद लंसाल, जग्गादाताहरु हरिबहादुर दुवाडी, दयानाथ शर्मा दुवाडी र समाजसेवी घनानाथ लंसालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
स्वास्थ चौकी निर्माण गर्न स्थानिय हरिबहादुर दुवाडीले एक रोपनी र दयानाथ शर्मा दुवाडीले १ रोपनी २ आना जग्गा निशुल्क रुपमा प्रदान गर्नुभएको थियो । स्वास्थ्य सेवा विभागको बजेट अनुसार शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यलय नुवाकोटले टेण्डर आब्हान गरेको स्वाथ्य चौकीको भवन निर्माण सम्पन्न गर्नको लागि स्थानिय ठेकेदारहरु गणेशकुमार श्रेष्ठ र पदम बहादुर श्रेष्ठ जिम्मा लिएका छन । २ करोड १४ लाखमा टेण्डर आब्हान गरिएको भएपनि १ करोड ८४ लाखमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको मुरलीभन्ज्याङ स्वास्थ्य थौकीका इन्चार्ज कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै स्थानिय राजनैतिक दलका नेताहरुले तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्नको लागि सवैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।