विपि जयन्तीको अवसरमा चियापन समारोह

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २४, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालको १ सय १ औं जन्मजयन्ती आज मनाईको छ । नेपाली काग्रेस धादिङले बीपी जयन्तीको अवसरमा धादिङबेसी स्थित पार्टी कार्यालयमा चियापन कार्यक्रम गरि विपि जयन्ती मनाएको हो ।
कार्यक्रममा नेपाली काँग्रस धादिङका सभापति रामनाथ अधिकारीले प्रजातान्त्रिक आन्दोलनमा वीपीले पुर्याउनुभएको योगदानको स्मरण गर्नु भएको थियो ।
सभापति अधिकारीले बीपीको समाजबाद र आदर्श अनुरुप काग्रेस हिडि रहेको र बीपीले २००७ साल मै संविधान सभाबाट संविधान बनाउनु पर्ने बताउनु भएको थियो तर विपिको संविधान बनाउने सपना ०७२ सालमा पुरा हुन लागेको बताउनु भएको थियो ।
चियापान कार्यक्रममा एमाओवादी धादिङका रामबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय धादिङ प्रमुख सविन प्रधान, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु लगायत नेपाली काँग्रेस धादिङका नेता तथा कार्यकताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।