चेपाङहरुको ठुलो पर्व छोनाम मनाईयो

Avatar photo
Dhadingpost
बुधबार, भदौ २३, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । चेपाङहरुले ठुलो पर्व छोनाम मानाएका छन् । खोलाको शिरमा र जंगलको काखमा बसोवास गर्ने अतिसिमात्तकृत चेपाङहरुले खोरी पाखामा उत्पादन गरेको खाद्यान्न बालि भित्र्याउने समय अर्थात् चेपाङ देउतालाई बोलाउँदै चेपाङ झाँक्रिले आयु हुनेलाई राम्रो सँग बाच्न देउ, आयु नहुनेलाई आयु देउ भन्दै मन्त्र फुकेर पित्रृलाइृ अन्न फलफुल तथा अमिलो चिजविज चढाएर घैयाको टिका भाँक्रिद्धारा लगाई रातभर दुःख सुःखका कुरा गरि हिजो छोनाम पर्व मनाएका हुन् ।
“हाल आएर नेपाल चेपाङ संघको पहलमा भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ,।” विक्रम संवत २०६४ साल देखि यस पर्वलाई राष्ट्रिय विदा घोषण गर्न नेपाल चेपाङ संघले पहल गर्दै आएता पनि नेपाल सरकारले हाल सम्म सार्वजनिक विदा दिएको छैन । सरकारले आफुहरुको चाडलाई वेवास्था गरेकोमा चेपाङका अगुवाहरुले दुखेसो पोखेका छन् ।
यो पर्व चेपाङ बसोवास भएको जिल्लाहरुमा घुम्तीरुपमा पालैपालो गर्न थालिएको चेपाङ संघको अध्यक्ष जितेन्द्र चेपाङले बताउनु भयो । “यो वर्ष नेपाल चेपाङ संघको पहलमा धादिङ, गोर्खा, चितवन र मकवानपूरका चेपाङहरु धादिङको पिण्डा, च्याङ्लीमा भेला भएर यो पर्व मनाएका हुन् ।
सिमेभूमे पूजा प्रत्येक जसो गाृउँले, गाउँमा भएको सिमेथानमा, भुमेथानमा गई सरसफाई गरी प्राय जासो खेतीवाली लगाउनु अघि पूजा गरिन्छ । यसमा बोका र कुखुराको बली दिने गरेको नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले बताउनु भयो । पितृलाइृ ठुलो सम्मा दिंदै पुजा गर्ने चलन छ, यसलाई तोकोलोङ भनिन्छ, यसरी नै सिकार गर्न जाने चेपाङहरु जङ्गलमा सिकार गर्न जानु अघि नामुङ भन्ने वनदेवीकोपूजा गर्ने परम्परा रहि आएको छ ।