परदेशी हुँदा पिडा ! घटना मुरली भञ्ज्याङ्को

Avatar photo
Dhadingpost
बुधबार, भदौ २३, २०७२

नबराज दुवाडीनबराज दुवाडी । यो लेख मायाको चक्करमा ४ बर्ष फसेर प्रेम बिवाह गरी श्रीमान बिदेशी मरुभूमिमा श्रीमतीको खुसी खोज्न जाँदा २ बर्षको अन्तरालमा घर आए पश्चात न त आफुले कमाएको धन सम्पती घरमा छ नत हृदयकि रानी श्रीमतीनै-पिडित श्रीमानले प्रहरी कार्यालयमा दिएको निवेदन र लिएर फर्केको खुसीलाई यथार्थ घटनामा परिणत गर्ने जमर्को गरेको छु ।
यो लेखमा उचारँण भएका नामहरु काल्पिनिक हुन यदि कसैको जिवनसँग मेल खान गएमा संयोग मात्र मानिने छ ।
कुरा आज भन्दा ५–६ महिना पहिलेको हो । धादिङ्ग जिल्ला स्थित मुरलीभञ्ज्याङ्ग वडा नं –६ मा २०३५ साल बैशाख महिनामा बुवा अरुण प्रसाद र आमा यसोदाको कोखबाट म बिकासको जन्म भएको हो । जव म स्कुल लेवल सकेर क्याम्पस लागें । तब भगवानले पनि मेरो बिषयमा यसरी कथा लेख्न शुरु गर्न थाल्नु भएछ, यस्तो बाटो देखाई दिनु भएछ ।
मेरो कथा यसरी शुरु हुन्छ । बरु मेरो कहानी यि मनका पिडाहरुलाई कसरी र कहाँबाट पो शुरु गरुँ । सबै ठाँउमा मलाई भाग्यले हराएको रहेछ, अनि दैबले पनि ठगिदिएको रहेछ, अरुको सुनेको थिएँ, आज आएर मलाई नै परेको छ । मैले जाने, बुझें र देखें पनि ।
यही मनका बेदनाहरुलाई पाठक मार्फत श्रोताहरुलाई सुनाएर मन हलुका बनाउन खोज्दै छु । कुरा कक्षा ११ मा पढदै गर्दाको हो जब मैले ११ कक्षाको परिक्षा दिंदै थिएं सोही क्रममा मेरै पल्लो गाउँको सम्झना मेरै बेन्चमा बसेकि रहिछिन् मैले त्यस दिनसम्म वास्ता गरेको थिईन । को कहाँ बसेको छ मलाई कुनै मतलब पनि थिएन परीक्षाको अन्तिम दिन उनले मलाई भनिन मलाई यो ९ नक्वरको उत्तर भनि दिनुसन। तब मैले परीक्षा गार्डको आँखा छलेर भनि पनि दिएँ ।
त्यस दिन देखि उनले मलाई मायालु पाराले हेर्न थालिछन् मलाई भने केही थाहा छैन यस्तै क्रममा एक दिन उनले मलाई एकान्तमा बोलाई क्ष् ीयखभ थ्यग बिका स क्ष् ीयखभ थ्यग भनिन तब म एकछिन ट्वाँ ……… परें अनि भनें सम्झना किन ? उनि फेरी भन्न लागिन हो बिकास म तपाईलाई धेरै माया गर्छु ।
मैले सानै देखि तपाईलाई मन पराएको थिएं भन्न मात्र सकेकि थिईन तर आज मैले यो मनलाई दरो पारी मेरो प्रस्तावमा कुनै दुबिधामा नपरी स्विकार गर्नु हुने छ भनि मैले भनेकि हुं बिकास । तब मैले उनलाई यसरी सम्झाउने कोशिस गर्न थालें सम्झना माया त सबैले सबैलाई गर्छन् । मैले तिमीलाई गर्ने माया र तिमीले मलाई गर्ने माया ठिकै त होनि तब सम्झनाले मेरो कुरा बिचैमा काटेर भनिन् हो बिकास माया सबैले गर्छन तर तपाईले मलाई गर्ने माया अरुको भन्दा फरक हुनु पर्दछ । म मात्रै केवल म । तब मैले उनिसँग सोधें किन ? तब उनि यसरी बहकिन थाल्छिन् …. बिकास मैले तपाईलाई ७ कक्षा पढदा देखि नै मन पराउँथें तर आजसम्म यो दिल खोलेर बोल्न अनि आफ्ना मनका कुराहरु भन्न डर लागेर आउँथ्यो तर आज हृृदय देखिनै आफ्नो मनको कुराहरु तपाईँसामु भन्छु र भनें पनि । हो बिकास मैले भनेको कुराहरुलाई बिस्वास मान्नुस नत्र पछि…. हो मलाई बुवाले यहि आउँदो माघ महिनामा जसरी भए पनि मेरो बिवाह गरिदिने निर्णय लिनु भएको छ ।
बिकास मेरो घरमा आर्थिक स्थिति पनि कमजोर छ मैले पढछु भनेर ढिपी गर्न पनि सकिन बिकास । त्यसैले मेरो बिवाह मैले रोजेको र मनले खाएको केटासँग मात्र हुन्छ बस तपाई मात्र । यदि मैले तपाईलाई पाईनर फेरी तपाईले मलाई बिवाहा गर्न मान्नु भएन भने म तपाईकै नाउँमा झुण्डी आत्महत्या गर्नेछु तब म धेरै बेर सोचमग्न भएँ, मलाई फसाद पर्न थाल्यो एक अवला नारीको हत्या लिउँ कि बिवाह स्विकार गरुँ ? हुन त सम्झना तेती नराम्री केटी थिईनन् उज्यालो र सुन्दर अनुहार, लज्जालु हेराई, चम्किला दाँत यस्तै यस्तै असाध्यै राम्री पनि थिईन र मैले अन्तिममा बिवाह गर्ने टुङ्गोमा पुगें । केही दिन पछि हामी दुई बिच बिवाह सम्पन्न पनि भयो ।
जिविकोपार्जन राम्रै चल्दै थियो यसै अवसरमा नजिकि रहेको चाड पर्वहरुलाई मध्येनजर राखी मैले श्रीमती सम्झनालाई सुखी र खुसी राख्न कोशिष गर्थें तर अफसोच सोचे जस्तो हुंदैनथ्यो होस पनि कसरी पढदै गरेको अल्लारे केटा जागीर छैन कुनै ब्यवसाय गरेको छैन पैसाको सँटक पर्दै गयो यही अवस्थामा सम्झनाले तिजको मौका पारी मलाई भनिन् बिकास ?……… हेर्नुस पल्ला घरकी माहिलीले त कत्रो ठुलो ईन्डियन मंगलसुत्र अनि तिलहरी र १२÷१५ हजार पर्ने साडी लगाएकी मलाई चाँहि केही पनि किनी दिनु हुन्न ? तब मलाई आकाशले थिचे जस्तो भयो, धर्ती फाटे जस्तो महशुस भयो बेस्सरी चट्याङ्ग परे जस्तो भयो म एक त पढाई नै नसकि बिवाह बन्धनमा बाधिनु प¥यो, दोस्रो मेरो कुनै जागीर तथा ब्यवसाय छैन म कसरी यि सम्झनाको ईच्छा पुरा गर्न सक्छु र ? यस्तै सोच्दा सोच्दै पल्लाघरे माईलादाईलाई बोलाएर आफ्नो समस्या दर्शाएँ माईला दाईले एक बचनमा नै मलाई १०,०००।– (दशहजार) ऋण दिनु भयो र त्यही पैसाले सम्झनाको ईच्छा अनुसारको ठुलो तिलहरी र ईन्डियन मंगल सुत्र नभए पनि गोल्डेनको साडी किनि दिएर खुसी पार्ने जमर्को गरें त्यस पछि मैले तत्काल पढाई छोडेर गाडी चलाउने डूाईभर बन्न तल्लिन भएँ मेरो लगनशिल अनि कडा मेहनतले गर्दा मैले ५÷६ महिनामा राम्रै चालक बने अनि सडकमा गाडी दौडाएँ पनि आहा कति रमाईलो थियो त्यो दिन । एक दिनको कुरा हो मैले गाडी साहुको ग्यारेजमा राखी घर आएँ तब मलाई सम्झनाले भनिन यो नेपालमा बसेर के पैसा कमाईन्छ र ? कति तलव पाईन्छर ? बरु यसो बिदेश गए हुन्थ्यो नि … म एक फेर बिवाहको बेलामा झैं सोच मग्न भएँ धेरैबेर टोलाएँ सम्झना गर्भवति भएकि छिन यस्तो अवस्थामा मैले उनलाई एकलै कसरी छोडी जाउँ ? फेरी नगए कसरी यो घर ब्यवहार टार्ने भन्दै सोचेँ फेरी एक मनले हो सम्झनाले ठिकै भनेकि हुन भन्ने लागी बिदेश जाने अठोट गरें म पैसा कमाउन भनेर डूाईभर कामको लागि साउदी अरब गएँ उहाँ काम भने जस्तैनै पाएँ पनि । ड्राईभर नै फेरी तलव पनि उनन्चालिस हजार थियो । यता म गएको १ महिनामा नै सम्झनाले छोरी (मन्जु) जन्माईछिन मलाई पनि भने जस्तै भयो खुसी लाग्यो । मेरो घरमा नयाँ लक्ष्मीले आगमन गरेकि छिन् भन्ने ठानी साउदीमा झन खुसी हुंदै काम गरी रहें । यसरी नै मेरो जिवन चक्र चलिरहेको थियो ।
समय बित्दै थियो डेढवर्ष जति राम्रै नै थियौं घरमा श्रीमती पनि खुसी नै थिईन्। मैले पैसा पठाई रहंन्थें मोवाईलमा कुराकानी भई रहन्थ्यो । उनि कहिले काँही त फोनमा रुन्थिन पनि म सम्झाउथें यसरी नै समय बित्दै थियो । केही महिना पछि मैले फुर्सद मिलाएर सम्झनालाई फोन गर्थें तर उनलाई भेटाउन सक्दैनथें । उनको मोवाईल राती अवेरसम्म पनि द्यन् देखाउथ्यो म तिन छक पर्थें कहिले काँही बल्ल बल्ल भेटाए पनि उनि भन्ने गर्थीन कि काकीले चितवनबाट फोन गर्नु भएथ्यो त कहिले भान्दाईको फोन थियो । मैले होला तनी भनि चुप लाग्थें मलाई लाग्थ्यो सम्झनाले दिनभरी काम गरेकी हुन्छिन राती छोरी (मन्जु) ले झुंगलेर थाकिछिन यस्तै होला भन्ने ठानीरहें तर सम्झनाले त महिले पहिला काम गरेको साहुको गाडीको खलासीसित पो लब गरेकि रहिछिन मलाई के थाहा ? कहिले काँही मेरो मनमा कुराहरु खेल्थ्यो तर मलाई बिश्स्वास लाग्दैन थियो मैले सम्झनालाई माया गरिरहेँ, आफुले कमाएको र मसँग भए जति पैसा पठाई रहें यस्तै यस्तैमा मेरो घर जाने दिन नजिकिँदै थियो र घर आउने दिन पनि भनि दिएँ उनलाई । तर उनले त मैले सोचे भन्दा बिपरीत गरिरहेकि रहिछिन् । म आफनो तिन वर्षे बिषा सकेर नेपालको एयरपोर्ट ओर्लिएँ मसँगै आएका साथीहरुका श्रीमती एयरपोर्टमा आफ्ना श्रीमानलाई स्वागत गर्न बसिरहेका रहेछन् मैले पनि मेरी प्यारी श्रीमती सम्झना आएकि होलिन भनि यता उति हेरें तर देखिन मनलाई सम्हाली घरमा उनको कुनै काम प(यो होला त्यही भएर नआएकि होलिन भठानेर मैले उनलाई मोवाईलमा सम्पर्क गरें तर फोन उठेन केही घण्टा पछि काठमाण्डौंबाट फेरी सोही नम्वरमा फोन गरें एक पुरुष ब्यक्तिले फोन उठायो त्यही बखत मैले सोधें तपाई को हो ? यो नम्वर त मेरो श्रीमती सम्झनाको हो तर तपाईले कसरी उठाउनु भयो ? तव ति महापुरुषले भन्यो सम्झना अब तेरो होईन मेरी भई सकि तहिंले उनलाई बिस्रने कोशिस गर्नु नत्र राम्रो हुने छैन् ।
मलाई पत्यार लागेन जेहोस म घर सरासरी आएँ पहिले आफनै आमा बुवालाई भेट गरे अनि बुवा रुंदै भन्नु भयो बाबु बिकास तिमीले असाध्यै माया गर्ने तिम्रो श्रीमती सम्झनाले छोडेर अर्कै केटासँग गई मलाई बिश्वास लागेन बुवाको कुरा र मैले आमालाई सोधें आमाले पनि रुँदै भन्नु भयो हो बाबु तेरो श्रीमती सम्झनाले तलाई छोडी तेरै गाडीमा हिंडने खलासी कान्छासित तहिले कमाएको धन सम्पती जति लिएर गई …… हो छोडेर गई आज १० दिनजति भयो ।
मैले बिदेशी मरुभूमिमा बसी खाई र नखाई रगत र पसिनासँग साटेको धनसम्पती समेत पोका पारी क्षणीकको रोमान्च क्ष्लवयथ अनि आवेगलाई थाम्न नसकी निष्ठुरी सम्झनाले मेरो रगत र पसिना बेचेको पैसा समेत त्यही खलासीलाई खुवाई हिंडिछ हा….हा….हा….. मलाई बेस्करी हाँस्न मन लाग्यो नारी हुनु त यस्तो हो यस्तो पापीनी…..र निष्ठुरी पनि ।