क्यान्सरबाट पीडित १६ वर्षीया थापालाई नगद हस्तान्त्रण

Avatar photo
Dhadingpost
शनिबार, भदौ १९, २०७२

Nebisangh-help-Hemanta-Thapधादिङ । क्यान्सरबाट पिडित बनेकी धादिङ निलकण्ड नगरपालिका ८ की १६ वर्षीया हेमन्तकुमारी थापालाई नगद रकम हस्तान्तरण गरिएको छ ।
नेविसंघ युकेका कार्यवाहक अध्यक्ष कुश बस्नेतको नेतृत्वमा युकेमा संकलन गरिएको २ लाख २७ हजार रुपैयाँ प्रदान गरेको हो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा उपचाररत थापालाई शुक्रवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले अस्पतालमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरे ।
नेविसंघ युकेका कार्यवाहक अध्यक्ष कुश बस्नेत, संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक कुशल घिमिरे, उपाध्यक्षहरु राजन खकुरेल र रेशम बस्यालको सक्रियतामा युकेमा रहेका नेपालीहरुसँग संकलन गरेर ब्लड क्यान्सर पीडित थापाको उपचारका लागि पठाइएका थिए ।