धादिङका समाजसेवी कमल सापकोटा सम्मानित

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १५, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । धादिङका समाज सेवी कमल सापकोटा काठमाडौंमा सम्मानित हुनु भएको छ । पर्यटन प्रवद्र्धन तथा विकासमा योगदान र्पुयाए वापत टुरीजम हेडलाईनले उहाँलाई सम्मान गरेको हो ।
काठमाडौमा रहि पर्यटन व्यवसाय गर्दै आउनु भएका सापकोटाले सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आउनु भएको छ ।
सापकोटाले धादिङका १० वटा भन्दा बढी गाविसमा स्वस्थ्य, शिक्षा, लघु जलविुत जस्ता क्षेत्रमा सहयोग गरि रहनु भएको छ । तर नीटले समाजिक क्षेत्रको विकासलाई टेवा पुर्याए बापत नभई उहाँले युवा पर्यटन व्यवसायीको रुपमा स्थापित गरिसक्नुभएको भएकोले सम्मानित गरिएको बताएको छ ।
सोमबार राजधानीमा आयोजित एक समारोहबीच कांगे्रस नेता तथा सभासद गगन थापाले उक्त सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सभासद थापाले अब देश चलाउने पालो युवाहरुको रहेको बताउनुभयो । पर्यटन विना देशको आर्थिक विकास असम्भव रहेको जिकिर गर्दै उहाँले जसको लागि पर्यटन व्यवसायीहरु एक ढिक्का भएर नीतिगत एवं कार्यन्वयन पक्षमा सुधारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
पुरस्कृत हुनेहरुमा टिकाराम गुरुङ, कुलबहादुर गुरुङ, पासाङ शेर्पा, नमराज गौली, सोनाम ग्याल्जेन शेर्पा र राजन सिंखडा, राजेन्द्र सापकोटा, कमला गुरुङ थिए ।
कार्यक्रममा नीट नेपालका अध्यक्ष दीपक महत, राष्ट्रिय पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिंखडा, टानका अध्यक्ष रमेश धमला, नाटाका अध्यक्ष डिबी लिम्बु लगायतले मन्तव्य राख्नुभएको थियो ।