भुकम्पको नाममा राजनीति गर्ने संस्थालाई गाउ जान नदिने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ११, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले भुकम्प पिडितका लागि राहात वितरण भन्दै गाविस र दलिय संयन्त्र सँग समन्वय नगरी अनियमिता गर्ने संस्थालाई रोक्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
कुम्पुरमा कार्यकर्तालाई प्रशिक्षणका दिदै भण्डारीले एनजीओ मार्फत एमालेका कार्यकर्ताहरुले आफुखुसी राहत वितरण गरेको कार्यकर्ताको हुनासो आए पछि कार्यकर्तालाई त्यस्तो संस्थाहरुलाई रोक्न निर्देशन दिनु भएको हो ।
जिल्ला दैविक प्रकोप समितिको स्वीकृती लिएर गाउँमा मनोमानि गर्ने अधिकार कुनै पनि एनजीओलाई छैन । त्यस्ता संस्थाहरुलाई गाउँमा गतिविधि गर्न नदिन समेत भण्डारीले आग्रह गर्नु भएको थियो ।
एमाओवादी कुम्पुर गाविसका अध्यक्ष पुष्प थपलियाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका भण्डारीले माओवादीको संथागत उपलब्धी संविधान सभाबाट संविधान बन्दै गरेकोले संघियता सहितको संघियता अनुसार नै संविधान आउनेमा ढुक्क हुन आग्रह गर्नु भएको थियो ।
कार्यक्रमा ईलाका ईन्चार्ज झम्क परियार, जिल्ला पार्टीका सल्लाहाकार राजन खतिवडा लगायतले प्रशिक्षण दिनु भएको थियो ।