भुकम्प पीडितलाई जुनकिरी नेपालको सहयोग

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १०, २०७२

ठाकुर गुरुङ,
धादिङ । भुकम्पको कारण लापा गाउँ विकास समिति वर्डा न. ३ नेवेरबाट विस्थापित भएर नीलकण्ठ नगरपालिका वडा नं. १२ मा बसोबास गर्दै भुकम्प पिडितलाई जुनकिरी नेपालले सहयोग गरेको छ ।
OLYMPUS DIGITAL CAMERAत्रिपुरेश्वर गाउँ विकास समिति निवासी आउट साईन एड्भेन्चर प्रा.लि. एवम् जुनकिरी नेपालका प्रबन्ध निर्देशक गोकुल सापकोटाले विस्थापित भएका उनीहरुलाई राहात सामाग्री प्रदान गर्नु भएको हो ।
OLYMPUS DIGITAL CAMERAभुकम्प पिडित प्रति घर ३० केजी चामल, २ केजी दाल, १ लिटर तेल, तरकारीका परिकारहरु लगायत आवश्यक ब्लाङ्केट, टेन्ट, ज्याकेट, ¥याङ्कोट देखी सरसफाईका सामग्रीहरु वितरण गर्नुभएको थियो ।
OLYMPUS DIGITAL CAMERAनेदरल्याण्डको २ विदेशी नागरिक लगायत आउट साइन एड्भेन्चर प्रा.लि. तथा जुनकीरी नेपालका समूह लगायत उपस्थितिमा पीडितहरुलाई सहयोग वितरण गरिएको थियो ।
OLYMPUS DIGITAL CAMERAनीलकण्ठ नगरपालिका स्थित कुमाल गाउँमा लापा ३ नेवेरबाट विस्थापित भई १३० घर परिवारको बसोबास रहे पनि जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णय अनुसार अन्यत्र बस्ने व्यवस्था भएपछि हाल ३५ घर परिवार मात्र बसोबार गर्दै आएका छन्. ।OLYMPUS DIGITAL CAMERA