बंगालादेश लाई हराउँदै नेपाल समुह विजेता बन्यो

Avatar photo
Dhadingpost
सोमवार, भदौ ७, २०७२

काठमाडौं । बंगालादेशलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । अण्डर १९ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको सेमीफाइनलमा नेपाल समुह विजेता बनेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोको फुटबल मैदानमा सोमबार भएको समूह चरणको दोस्रो खेलमा बंगलादेशलाई २(१ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालको जीतमा अन्जान विष्ट र अनन्त तामाङले गोल गरे । ११औं मिनेटमा रोहित सरकारको गोलबाट बंगलादेशले अग्रता लिएपनि १८औं मिनेटमा अन्जान विष्टले नेपालका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा अञ्जान विष्टले नेपालका लागि निर्णायक गोल गरे ।

पराजयका बावजुद् बंगलादेश पनि समूह उपविजेताका रुपमा सेमीफाइनलमा पुगेको छ । यद्यपी भूटान भने समूह चरणबाटै बाहिरिएको छ ।