२० प्रहरी सहित २१ को मृत्यू अहिले सेना परिचालन

Avatar photo
Dhadingpost
सोमवार, भदौ ७, २०७२

650x483xkailali1.JPG.pagespeed.ic.tdWwDUWia2कैलाली । कैलालीको टिकापुरमा आन्दोलनरत थरुहटका कार्यकर्ता र प्रहरीबीचको झडपमा एसएसपीसहित २० प्रहरी सहित २१ जनाको ज्यान गएको छ ।
दोहोरो भिडन्तमा ज्यान गुमाउनेमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोराको ज्यान गएको हो । ज्यान गुमाउने अरु सुरक्षाकर्मीको नाम खुलेको छैन । ज्यान गुमाउनेमा सशस्त्र प्रहरीका ११ जना र नेपाल प्रहरीका ८ जना छन् ।
खुँडा र भालासहित आएका थरुहटका कार्यकर्ताले निषेधाज्ञा तोडेर प्रदर्शन गर्न खोजेको र त्यसलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका ५५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केहीदिनदेखि टीकापुरमा राती कर्फ्यु र दिउँसो निषेधाज्ञा जारी हुने गरेको थियो । थारु बाहुल्य क्षेत्रलाई थरुहट राज्यको घोषणा गर्न माग गर्दैै थरुहटले आन्दोलन गरिरहेको छ । अहिले उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ ।