धादिङका सिडियो र साहायक सिडियो भेटिएनन् कार्यकक्षमा

Avatar photo
Dhadingpost
सोमवार, साउन ३२, २०७२

1 copyधादिङ । नेपाल बन्दमा दुखपाउँदै जिल्ला प्रशासन धादिङ आईपुगेका सेवाग्राहीहरुले सिडियो र साहायक सिडियोलाई कार्यालयमा नपाउँदा सास्ती खेप्नु परेको छ । नेपाल बन्दमा कामको चाप होला भन्दै आएका र अस्ती देखि काम नसकीएका सेवाग्राहीहरुको भिड आज पनि जिल्ला प्रशासनमा देखिन्थ्यो । तर कार्यकक्षमा सिडियो बासुदेव घिमिरे थिए । नत सहायक सिडियोहरु नन्दलाल शर्मा र तोरण पराजुली नैे थिए ।
हामी सेवाग्रहीको गुनासो आए पछि १२ बजे जिल्ला प्रशासन पुग्यौं । सिडियो बासुदेव घिमिरेको कार्यकक्षको ढोका बन्द थियो भने सहायक सिडियोको कार्यकक्षमा सेवाग्राहीहरु प्रतिक्षामा बसी रहेका थिए । सेवाग्रहीहरु कोहि कामै ठप्प पार्न नहुने भन्दै थिए भने कोहि सिडियो बासुदेव घिमिरेलाई मै हुँ भन्ने कानुन भन्दानी आफु माथी भएको ठान्ने स्वभावको रहेछ भनेर काने खुसीको तालमा गाली गर्र्दै थिए ।
2 copy3 copy