भुकम्प पिडितहरुको दामगाडे शिविरमा जे देखियो फोटो फिचर

Avatar photo
Dhadingpost
सोमवार, साउन ३२, २०७२

धादिङ । बैशाख १२ गतेको भुकम्पबाट विस्थापित बनेका रि गाउँ विकास समितिका १ सय ८० घरधुरीहरु यतिबेला नीलकण्ठ नगरपालिका स्थित साँकोषको दामगाडेमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन् ।
उनीहरुलाई खानपिनको समस्या भन्दा पनि अहिले स्वास्थ्यगत समस्याले पिरोलेको छ । यस शिविरमा सयको हाराहारीमा बालबालिकाहरु रहेका छन् । बालबालिकाहरु अधिकाँशमा गाउ खटिरा निमुनिया जस्ता समस्याहरु देखापारेको छ ।
शिविरका पूर्ण तामाङले हामी सँग कुरा गर्दै लौन तपाईहरुले यस शिविरमा स्वास्थ्य कर्मी राख्ने बन्दो बस्तको लागि पहल गरि दिनु पर्यो हाम्रा बालवालिका बिरामी छन् ।
शिविरमा रहेका अधिकाँश मानिसहरुलाई दिन काट्न निकै अफ्ठेरो भएको सहज अनुमान गर्न सकिन्छ । युवाहरु शिविरको कटेरो भित्र तास खेलेर बसेको भेटियो भने बुढा पाकाहरु पनि…
शिविर देखाएर डलर कुम्ल्याउने संस्थाहरु धेरै आए तर शिविरमा कुनै रोजगारी मुलक तालिम, पौढ शिक्षा, होस या अन्य केहि गर्न पाए दिन काट्न पनि सजिलो हुन्थ्यो नत्र दिन भर मनले केके सोच्छ जसले निराशा बाहेक केहि सोच्न सकिदैन भन्छन् एक युवक । के देखियो शिविरमा फोटो ।
OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA