पेन्टि वरीपरीको पत्रकारीता

Avatar photo
Dhadingpost
आइतवार, साउन ३१, २०७२

सुरज अधिकारी,
हाल अमेरीका ।
अस्ति भर्खर नासाले नयाँ पृथ्वी पत्ता लगाएको घोषणा गरेको छ, पृथ्वी भन्दा लगभग तिन गुना ठुलो त्यो नयाँ पृथ्वीमा पुग्न प्रकाशको गतिमा गए पनी एक्काइस बर्ष लाग्ने अनुमान गरीएको छ, यति joti copyबेला त्यो पनी संभाबना छ की भनेर नासाका बैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् यो त एउटा उदाहरण मात्र भयो यस्तो प्रगति यतिबेला संसारमा खरायोको गतिमा दौडिरहेको छ । प्रत्येक देशहरुले आफुले आफुलाइ नयाँ नयाँ अविस्कार मार्फत चिनाइरहेका छन् सबै उन्नती र प्रगतिमा जुटेका छन्, त्यसमा त्यहाँका संचार माध्यमले दिएको योगदान नै अतुलनिय छ, आफ्नो देशको बिकाश देखि लिएर हरेक सफलताको लागि सबै संचार माध्यमहरु एकजुट भएर लागेको देखिन्छ ।
हाम्रो देशकै कुरा गर्ने हो भने यति बेला संबिधान र संघियताको बिषयलाइ लिएर चर्को बहस चलिरहेको छ, अझै कुनै टुगों लागेको अबस्था छैन सबै जना चार दिशातिर फर्केर एक अर्कालाइ दोष थोपर्न र आफ्ना मागलाइ अगाडि पार्न नै तछाड मछाड गरीरहेका छन । तर यस्तो बेला हाम्रो देशको पत्रकारीता ज्योती मगरको पेन्टीमै अड्कीएर बसेको छ । नेपालबाट चलेका र बिदेशबाट संचालित हुने सबै नेपाली मिडियामा यतिबेला ज्योति र खनाल प्रकरणलाइ मुख्य मुद्दाको रुपमा उठाइरहेका छन् । एउटा ब्यक्तिको नाचमा लगाइको कपडा र गितको शब्दको बिषयलाइ लिएर अहिले मिडियामै होडबाजि चलेको छ कसैले ज्योतिलाइ उचालेका छन कसैले खनाललाइ । यदा कदा अनलाइन र फेसबुकका पेजमा देख्दैछु ज्योतिको बिषयलाइ लिएर यतिबेला जनजातिको अस्थित्व र अधिकारको कुरा उठ्दै छ रे वा नेपाल क्या छ है तमासा । एउटा सामान्य गितमा नाच्दा देखिएको ज्योति मगरको पेन्टिलाइ लिएर राजनिती र पत्रकारीता हुदैछ । नेपाली मिडिया !! यो सबै गर्ने तिमीहरुनै हो, एउटालाइ उचाल्ने र पछार्ने सोसियल मिडियामा तमासा गर्ने जातजातीको नाममा एक अर्कालाइ उचाल्ने र पछार्ने थुक्क तिम्रो पत्रकारीता । ज्योति मगर लाइ किन पठाउनु तिमिहरु गए हुन्छ निलो पत्रकारीता गर्न तिम्रो हैसियत त्यहि नै ह, पेन्टि र ब्राको समाचारमै रमाउ त्यसैलाइ आफ्नो पेशा बनाउ कस्ले के स्टाटस राखेको छ त्यसैलाइ उचाल अर्कोलाइ पछार । गिराउ आफुले आफुलाइ कति सम्म गिराउन सक्छौ निकाल त्यसैमा जातका कुरा क्षेत्रका कुरा, यहि बिषयलाइ लिएर नेपाली नेपालीलाइ लडाउ रगत बगाउ, यहि हाे तिमि जस्ता कौडिका पत्रकारहरुको धर्म र कर्म ।
नेपालमा छाडाको बिषयमा यस्ता कमेन्ट र टिप्पणी पहिले बाट नै उठ्दै आएका हुन रेखा थापा देखि लिएर शुस्मा कार्किको फोटामा कमेन्ट अहिले हेर्दा पनी देख्न सकिन्छ यस्तो ड्रेसअप तथा अभिनय गर्नु भन्दा ब्लु फिल्म खेल्न जाउ भनेर भनेका कमेन्ट र टिम्पणीहरु, एउटा सेलिब्रेटि भैसकेपछी यस्ता कमेन्ट सामान्य हुन, सायद ज्योति मगरले त्यो कमेन्ट पनी सामान्य रुपमै लिएकि हुन्थिन होला यदि नेपाली मिडियाले त्यहि कमेन्टलाइ हेड न्युज नबनाइदिएको भए ।
ज्योती र खनाल प्रकरणलाइ कसैले कुन रुपमा टिप्पणी गरेका छन कसैले कुन रुपमा तर जस्ले जुन रुपमा टिप्पणी गरेपनी उनि दुबै जना आफ्नो लक्षमा सफल भएका छन । ज्योति मगरलाइ लाग्यो आम लोक गायीकाले जस्तो एउटै ढंगबाट गाएर र नाचेर आफुले समाजमा स्थान नपाउने देखेपछी उत्तेजित पारामा गाउन र नाच्न थालिन नेपाली समाजमा लुकेर रहेको एउटा बर्गलाइ चिनिन अनी उत्तेजित प्रस्तुतीले उनलाइ ज्योती मगर भनेर चिनायो । यतिबेला नेपाल देखि देश बिदेशमा ज्योति मगर हाइ ! हाइमा छन, त्यसैले उनी आफ्नो लक्षमा सफल भइन् । ज्योती मगरले जस्तो गाउन नाच्न र प्रस्तुती दिन सक्ने नेपाली समाजमा अनगिन्ती गायीकाहरु रहेका छन्, खै ति सबै कहाँ छन्, ज्योती मगर मात्र अगाडी किन आइन ? वास्तवमा ज्योति मगरले नेपाली समाजको त्यो बर्गलाइ चिनीन जस्ले उन्लाइ चर्चामा ल्याउन सहयोग गरोस, तिजको गित पनी त्यहि एउटा माध्यम मात्र हो जस्मा ज्योती मगर सतप्रतिशत सफल भएकी छन् ।
अर्को कुरा रहयो राम प्रसाद खनाल, यतिबेला राम प्रसाद खनाल पिडामा छन भन्दा फरक नपर्ला । उनी पनी चर्चामा आउन अझ भनौ फेसबुकको स्टाटसमा बढि कमेन्ट र लाइक पाउनको लागि उनले लेखेका थिए, सायद कल्पना सम्म पनी गरेका थिएनन होला खनालले मेरो स्टाटस यसरी समाचार बन्छ भनेर । आखिर नसोचेको भयो नेपालको चर्चित अनलाइनमिडियाले उनको स्टाटसलाइ समाचारको रुपमा प्रस्तुत गर्यौ, सायद समाचार देखेर केहि क्षण राम प्रसाद आफै दंग परेहोलान सोचेका थिए होला यत्रो बर्ष गुमेको पहिचान ज्योति मगरको कमेन्ट मार्फत फेरी आउने भयो भनेर । त्यो समाचार आफैले गर्नु सेयर गरे । फेसबुकका पेज देखि लिएर आफ्नै अनलाइन मिडियामा । केही क्षणलाइ उनी कल्पना पनी नगरेको चर्चामा पुगे तर खनालको दशा तब सुरु भयो जब आफ्नै परीवारका सदश्यको नै नाम लिएर नाना थरिका कमेन्ट आउन थाल्यो । त्यसपछि उनी हच्किएर यतिबेला यस्तो भनेको र त्यस्तो भनेको भनेर स्पस्टिकरण दिनमै ब्यस्त छन । त्यसैले यो दोहोरीमा ज्योति मगर पुर्ण रुपममा आफ्नो लक्षमा सफल भइन भने राम प्रसाद खनाल आशिंक रुममा चर्चामा आएपनि आफ्नो परिवारका सदश्यलाइ लिएर कमेन्टहरु बढि मात्रामा जोडिएकोले स्वभाबिकै रुममा डराएका छन । दोषि दुबै छैनन दोषि छन त केबल च्याउ जस्तै उम्रेका अनलाइन मिडीया हुन जो एउटा क्लिक पाउनको लागि जस्तो सुकै हद सम्म गिर्न पनी पछी पर्दैनन् ।