धादिङबेसी बजार क्षेत्र ढाक्दै छ विषालु झारले

Avatar photo
Dhadingpost
बुधबार, साउन २७, २०७२

1 copyधादिङबेसी । पार्थेनियम हेस्टेरोफोरस भनेर चिनिने पाती जस्तो देखिने विषालु झार धादिङबेसी सदरमुकाममा पनि फैलिन सुरु गरेको छ । विशालु १० झार मध्य पहिलो नम्बरमा पर्ने यो झारको विषयमा अहिले कसैको ध्यान जान सकेको छैन ।
धादिङबेसी स्थित जिल्ला विकास समितिको कार्यलय, क्याम्पस चोक, जिल्ला प्रशासन, खुल्ला मञ्च, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालय, पशुसेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, धादिङ उद्योग वाणिज्य संघ जानु भयो भने प्रवेसद्वार मै यो विषालु झारले तपाईलाई स्वागत गर्नेछ । पाती या गा“जरजस्तो देखिने यो झारलाई छुँदा र गाईवस्तु, भेडा बाख्राले खाँदा समेत असर गर्ने विज्ञहरुको भनाई छ ।
१० वर्ष पहिले घाँसको विउ मार्फत अमेरिका बाट भारत हुँदै नेपाल भित्रिएको यो झारले धादिङबेसी मात्र होईन पृथ्र्वीराजमार्ग सडक छेउछाउमा पनि कब्जा जमाउँदै गएको देखिन्छ । कालुपण्डे मार्ग अन्तर गत पर्ने नलाङ बैरेनी गाई फारम जाने सडक चोक बाहेक अन्यत्र बिषालु झार देखिदैन । भर्खर फुल खेल्दै गरेको नलाङ बैरेनीमा देखिएको यो विषालु भार नियन्त्रणमा ल्याउन कठिनाई देखिदैन भने धादिङबेसीमा देखिएको यो विषालु झार नियन्त्रणमा ल्याउन निकै मेहनत गर्नू पर्ने देखिन्छ । करीव अबको एकहप्ता भित्र धादिङबेसीमा देखिएका विषालु झारको बीउ पक्ने भएकाले समयमै नष्ट गर्नु पर्ने देखिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको जीन बैंकका प्रमुखका अनुसार, बालीनालीको उत्पादनमा त यस झार असर गर्छ नै, यसले मान्छे र पशुपंक्षीलाई समेत हानी पु¥याउँछ ।‘यो झार छुँदा छाला सम्बन्धी रोग लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, उम्रेको ठाउँबाट हिडडुल गर्दा वा यसको पातले जीउमा छुँदा संक्रमण हुने, ज्वरो, दम र ब्रोंकाइटिस सर्ने जस्ता सम्भावना हुने नार्कका प्रमुखले बताउनु भयो । 4 copyनेपालमा १० वर्ष पहिल्यै प्रवेस गरि सकेको हो । यति धेरै विषालु छ भन्ने कुरा कसैलाई थाहा छैन । जनचेताना कै अभावमा यो झार फैलिएको छ यो झार खाएका खसी बोकाको मासुले समेत स्वास्थ्य समस्या निम्त्याउँछ । त्यति मात्र होइन, यो झारको छेउछाउमा जाँदा समेत पशु चौपाया र मान्छेलाई असर गर्ने प्रमुख भट्टले बताउनु भयो । धादिङबेसीमा सामुहिक रुपमा सरसफाई गर्ने बानीको विकास त भएको छ तर सरसफाई अभियान जस्तै यो विषालु झारका बारेमा बेलैमा सोच्ने कि ? यो झार निकै छिटो फैलने हुनाले सम्बन्धीत सरकोरवालाहरु सबैले बेलैमा सोच्नु पर्ने देखिन्छ ।