सिंउडीबारमा खाद्य संकट भोक भोकै चेपाङ (फोटो फिचर)

Avatar photo
Dhadingpost
आइतवार, साउन १०, २०७२

शम्भु त्रिपाठी,
धादिङ महादेवस्थान । पृथ्वीराजमार्ग स्थित मलेखुबाट १० किलो मिटर मोटर बाटो पार गरि २ घण्टा पैदल हिडे पछि पुगिन्छ सिउँडीबार । महादेवस्थान गाविस वर्डा नं. ५ मा पर्ने यस सिँउडीबारमा बसोबास गर्ने चेपाङहरु चरम खाद्य संकटमा छन् ।
nirmala 2 copy११ घर धुरी संख्यामा बसोबास गर्दै आएका चेपाङहरु मध्य अधिकाँस घरहरु भुकम्पले पूर्ण रुपमा भत्काए पछि तनावमा रहेका छन् । त्यसमा पनि राहातमा आएको चामल सकिए पनि खाद्य संकटमा परेका हुन् ।
अन्नको नाममा निर्मला चेपाङको घरमा १ दाना पनि छैन उनको श्रीमान ज्यालादारी गर्न राजमार्ग झरेका छन् काम पाए भने बेलुका केहि ल्याउँछन् नत्र त्यसै सुत्नु पर्छ । हमी बुढा बुढीले एक छाक मात्र खाएको कयौ दिन भै सक्यो भन्छिन् निर्मला । अहिले ४ सन्तानकी ३० वर्षिय निर्मलालाई बालबच्चालाई कसरी खुवाउने चिन्ता छ । सरकारले दिएको १५ हजार पनि ऋण तिर्दा र काठ कटानी मा सकियो । न गाँस न बास हामी बिचल्लीमा छौं । अरुहरुले त जस्ता पनि पाका छन् भन्ने सुनिएको छ हम्रो पाल पनि च्यातिन लागी सक्यो लौन पहल गरि दिनु प¥यो भन्छन् अर्का भुकम्प पिडित ज्ञानबहादुर चेपाङ ।
amber bdr chepang copy११ घर घुरी मध्य १ घर चेपाङको घरमा केहि कोदो मकै भेटिए पनि अरु घरहरुमा अन्न नै भटिदैन हामी यस गाउँ पुग्दा केहि दिन आएको आभासका साथ बसेका चेपाङहरु हाम्रो जीवन शैली बेचेर तपाई धनी बन्ने हो भने पनि हामी त बाँच्नु पर्यो । पहिला हामीलाई बचाउनुस् आक्रोस पोखे हामीले विस्तारी भला कुसारी गरि सकेपछि यर्थातता बाहिर ल्याएका यस गाउँका चेपाङहरुलाई जेन तेन यो श्रावण महिना कटाउने अन्नपात भयो भने भदौ देखि ज्याला दारी गरि अन्नपात ल्याउन सक्ने देखिन्छ ।