कस्तो छ ? कल्पना धमलाको जन्म घर (फोटो फिचर)

Avatar photo
Dhadingpost
आइतवार, साउन १०, २०७२

धादिङ, ज्यामरुङ । एमाओवादी नेतृ तथा धादिङ क्षेत्र नं. २ को पूर्व सभाषद कल्पना धमलाको जन्म घर कस्तो होला ? भुकम्पले केहि गर्योकि गरेन होला हामी ज्यामरुङ नपुगुन्जेल सोचि रह्यौं ।
OLYMPUS DIGITAL CAMERA
हाम्रो मिसन ज्यमरुङका स्थानिय समाजसेवी कमल सापकोटाले प्रत्येक घर धुरीलाई २ बन्डल जस्ता वितरण गर्नु भएको समाचार सङ्कलन गर्नू थियो । नलाङ गाविसमा गाउ विकास समितिले ४ घर बराबर १ पाता जस्ता वितरण गरी रहँदा ज्यामरुङमा भने सापकोटाले प्रत्यक घर धुरीलाई २ बन्डलको दर जस्ता वितरण गरि रहनु भएको थियो । जस्ता वितरणको दृष्य खिच्न हामी धमला ज्यामरुङ नै पुगेकोले कल्पना धमलाको घरको अवस्था बुझ्न हामीलाई झनै सजिलो भो ।
OLYMPUS DIGITAL CAMERAहामीले कल्पना गरे जस्तो सामान्य घर होईन रहेछ नेतृ धमलाको घर विकट ज्यामरुङको त्यस बस्तीमा एउटा दरवारकै ढाँचामा तयगरि बनाईएको रहेछ ।
एउटा ईतिहास बोकेको ज्यामरुङ स्थित उहाँको जन्म घर पूर्ण रुपमा भत्तिएको नेतृ कल्पना धमलालाई थाहा छ या छैन तर हामी उक्त धमला ज्यामरुङमा पुग्दा देखिएको दृष्यलाई क्यामरामा कैद गर्ने मौका मिल्यो ।
मान्छे बस्न छाडि सकेको यस घर कुनै बेला गाउँ कै एक नमुना घरको रुपमा स्थापित थियो ।
OLYMPUS DIGITAL CAMERA०२२ सालमा धमला ज्यामरुङ मै पहिलो पल्ट जस्ता पाताले छाएको यस घर यतिबेला भुकम्पले भत्काएको छ । भत्किएको ४ महिना बिति सक्दा पनि पुन निर्माण गरिएको छैन । पूर्व सभाषद कल्पना धमला श्रीमान् सँग काठमाडौंमा रहेको घर मा बस्दै आउनु भएको छ । कम्सेकम जन्म घर हो, यसको सम्रक्षण गर्दा धमला ज्यामरुङ कै इज्जत बढ्ला कि ? हाम्रो पूर्व सभाषद कल्पना धमलालाई सुझाव ।