धादिङ । सुझाव संकलन कार्यक्रममा सभाषद राजेन्द्र पाण्डेलाई एक सहभागिले चल्ले संविधान बनाउन लागेको कि जल्ने संविधान बनाउन लागेको सोधेका छन् । आज गजुरीमा सुझाव संकलनमा सभागिहरु सरद अधिकारीले चल्ने संविधान बनाउन लाग्नु भएको हो भने ८० प्रतिशद हिन्दुहरुको अपमान गर्न पाईदैन नत्र संविधान चल्ने हैन जल्ने सम्भावना रहेको सुझाव दिनु भएको थियो । सभाषद पाण्डेलाई गजुरीका भजन समुहले भजनबाटै हिन्दुराज्य कायम गर्न सुझाव दिएका थिए ।
धादिङको क्षेत्र नं १ सल्यानटार, क्षेत्र नं २ को सदरमुकाम धादिङबेसी र क्षेत्र नं ३ को गजुरीमा आज एकै साथ आम नागरिकहरुको सुझाव संकलन गरिएको थियो । धादिङको ३ वटै निर्वाचन क्षेत्रहरुमा सोमबार आयोजना गरिएको सुझाव संकलनमा सर्बसाधरणहरुले पारम्भिक मस्यौदामा समावेश गरिएको
महिलाहरुको हक, अधिकार सुनिश्चितका लागि ३३ प्रतिशत मात्र नभई ५० प्रतिशत महिलाहरु सहभागिता हुनु पर्ने माग गरेका थिए । यसै गरी शिक्षा क्षेत्रको विकास गर्न सरकारले विशेष ध्यान दिई संविधान सभाको मस्यौदामा समावेश गरिनु पर्ने र उच्च माध्यमिक तह सम्म निशुल्क शिक्षाको ब्यबस्था गरिनु पर्ने सुझाव दिएका थिए । सुझाव संकलन कार्यक्रममा अधिकांश बक्ताहरुले नेपाल जस्तो कृषि प्रदान देशमा सरकारले तयार पारेको संविधान सभाको मस्यौदामा कृषि क्षेत्रलाई समावेश नगरेको प्रति आपत्ती जनाएका थिए ।
नयाँ संविधानको पारम्भिक मस्यौदाको प्रस्तावना देखि अनुसुचि सम्म प्रयोग भएका शब्द र भाषालाई ब्यापक सुधार र परिमार्जनको आबश्यकता भएको बताएका छन् । यसै गरी सुझाव संकलन कार्यक्रममा गुणत्मक हिसावले तत्लो स्तरको मसौदा भएको छ ।
संविधान सभाको प्रस्ताविक मस्यौदा भनेको नै संक्षिप्त हुन पर्छ जहाँ सिद्धान्तका आधारमा मस्यौदा सरल संक्षिप्त र भाषागत रुपमा निकै कमजोर देखिएको बक्ताहरुले टिप्पणी गरेका थिए ।