एक्सन नेपालले गर्यो मस्यौदा माथि सुझाव संकलन

Avatar photo
Dhadingpost
सोमवार, साउन ४, २०७२

sambidhan-masyauda_धादिङ । जिल्लामा क्रियाशिल गैर सरकारी सस्था एक्सन नेपालले विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा सदरमुकाम धादिङवेशीमा नेपालको संविधान २०७२ माथि परिवर्तन गर्नुपर्ने मुख्य बुदाहरुको विषयमा छलफल गर्दै सुझाव संकलन स्वरुप संवैधानिक सम्वाद कार्यक्रम गरेको छ ।
जनताको हितमा नै संविधान जारी होस र जनताले चाहेका कुराहरु नै संविधानमा समेटियोस भन्नका लागि र सुझाव माग्न गाउँ आएका सभाषदहरुलाइ के कस्ता सुझाव दिएर गाउँ पठाउन सकिन्छ भन्न लागि विभिन्न गाउँ विकास समितिका सरोकारवालाहरुको बीचमा सम्वाद कार्यक्रम गरिएको एक्सन नेपालका कार्यक्रम अधिकृत गणेश ढुङगानाले जानकारी दिनुभयो ।
सम्वाद कार्यक्रममा नेपालको संविधानका अन्तरवस्तु र त्यसले समेटेको जनताको हक अधिकारको बारेमा गाविस महासंघ नेपालका कार्यकारी निर्देशक परशुराम उपाध्यायले सहभागीहरुलाइ जानकारी गराउनुभएको थियो ।
सम्वाद कार्यक्रममा सहभागी भएका करिव १ सय २० जनालाइ ६ वटा समुहमा विभाजन गरि संविधानका विषयवस्तुमा छलफल गरि समुहगत रुपमा सुझाव संकलन गरिएको र ती सुझावलाइ प्रतिवेदनको रुपमा तयार गरि संविधानसभाका अध्यक्षलाइ बुझाइने एक्सन नेपालले जानकारी दिएको छ ।